जंगली च्याउ खाँदा पाल्पामा २ जनाको मृत्यु, ९ गम्भीर

२६ जेष्ठ २०७६, आईतवार मा प्रकाशित

पाल्पा,

पाल्पामा जंगली च्याउ खाँदा २ जनाको मृत्यु भएको छ।    मृत्यु हुनेमा निस्दी गाउँपालिका–३ का  ९ वर्षीया निर्मला सिंह ठकुरी र सोही ठाउँका ४ वर्षीय विष्णु सिं ठकुरी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक कृष्णराज सापकोटाले जानकारी दिए।

उनका अनुसार अन्य ९ जना गम्भीर बिरामी परेका छन्।  विरामी पर्नेमा सोही ठाउँका ४५ वर्षीय पुरन खाम्चा, उनकी श्रीमति ४० वर्षीया चन्द्री खाम्चा, १५ वर्षीया छोरी निर्मला खाम्चा, ८१ वर्षीय प्रेमसिं ठकुरी, ३० वर्षीया दानकुमारी सिं, ७ वर्षीय सुमन सिं, सोही ठाउँकी धनकुमारी सिं, निसा सिं ठकुरी र निरुता सिं रहेका छन्।

बिरामी सबैको नवलपुरको डण्डा स्थित मध्यविन्दु अस्पतालमा उपचार भइरहेको प्रनाउ सापकोटाले बताए। उनीहरुले शुक्रबार साँझ घर नजिकैको जंगलबाट ल्याएको च्याउको तरकारी खाएका थिए।

शनिबार अपरान्हदेखि विरामी परेका उनीहरुलाई बान्ता हुने, बेहोस हुने भएको थियो भने अत्तालिने समेत गरेका थिए।-थाहाखबरबाट

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here