विपन्न श्रमिकहरुलाई सेफ्टी र खाना बोक्ने सामग्री

0
958

अर्जुनधारा।

नगर क्षेत्रमा रहेका विपन्न श्रमिकहरुलाई लक्षित गरी संयुक्त भवन निर्माण मजदुर संगठन अर्जुनधाराले आइतबार सेफ्टी र खाना बोक्ने सामग्री वितरण गरेको छ ।

संगठनका अध्यक्ष सन्तोष नेम्वाङको अध्यक्षता र साना व्यवसायी संघ बिर्तामोडका अध्यक्ष सन्तोष राजवंशीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा उनीहरुलाई उक्त सामग्रीहरु वितरण गरिएको हो ।

संगठनका सचिव युवराज क्षेत्रीका अनुसार २७ जना पुरुष र २८ जना महिलासहित जम्मा ५५ जना श्रमिकलाई ५५ हजार रुपैयाँ बराबरको गम्बुट तथा हटकेस वितरण गरिएको थियो । सोही कार्यक्रमको सन्दर्भमा चार जना श्रमिक आसारी खातून, मुना काफ्ले, रामप्रसाद भट्टराई र विजय घोषलाई दोसल्ला ओढाई सम्मानित गरिएको थियो ।

कार्यक्रममा क्युपेक नेपाल झापाका अध्यक्ष देवकुमार राई, अखिल नेपाल झापाका अध्यक्ष शम्भु हेमरम, क्युपेक नेपाल नगरका अध्यक्ष धनकुमार राई, काउन नेपाल नगरका अध्यक्ष अशोक वान्तवा राईलगायतको आतिथ्यता रहेको थियो ।
सचिव क्षेत्रीले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन क्युपेक नेपाल नगर सचिव कृष्ण बस्नेतले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here