६ सय ५९ जनाले चढे सगरमाथा

२९ जेष्ठ २०७६, बुधबार मा प्रकाशित

काठमाण्डौ,

यस पटकको हिमाल आरोहण याममा ६ सय ५९ जनाले सगरमाथाको सफल आरोहण गरेका छन् ।

पर्यटन विभागको तथ्याङकक अनुसार दस्तुर बुझाएर अनुमति लिएका ३ सय ८१ जना मध्ये २ सय ८१ जनाले सगरमाथाको सफल आरोहण गरेका छन् । यस्तै उनीहरुको सहयोगीको रुपमा गएका ३ सय ७८ जना सगरमाथाको शिखरमा पुगेका छन् ।

यस पटक सगरमाथाको शिखरमा पुग्नेमध्ये ६५ जना महिला र ५ सय ९४ जना पुरुष रहेको पर्यटन विभागकी निर्देशक मिरा आचार्यले जानकारी दिनुभयो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here