नसर्ने रोगका कारण ६० प्रतिशत मानिसको मृत्यु

३० जेष्ठ २०७६, बिहीबार मा प्रकाशित

अर्जुनधारा, नेपालमा कुल मृत्युदरमध्ये नसर्ने रोगका कारण ६० प्रतिशत मानिसले वर्षेनी ज्यान गुमाउने गरेका छन् ।
नेपाल डेमोग्राफिक हेल्थ सर्भेले सन् २०१६मा सार्वजनिक गरेको तथ्याङ्क अनुसार नसर्ने रोगहरुमध्ये सबैभन्दा बढी मुटु सम्बन्धी २२ प्रतिशत, दमका कारण १३ प्रतिशत, क्यानसरका कारण आठ प्रतिशत, मधुमेहका कारण तीन प्रतिशत र अन्य नसर्ने रोगका कारणहरुबाट १४ प्रतिशत मृत्यु हुने गरेकोे छ ।
कुल मृत्युदरमध्ये सर्ने रोगका कारण ३० प्रतिशत र दुर्घटनाका कारण १० प्रतिशत मानिसको मृत्यु हुने गरेको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
सामाजिक विकास मन्त्रालय प्रदेश नं. १को आयोजना र नेपाल प्रेस इन्स्टिच्युट क्षेत्रीय सञ्चार स्रोत केन्द्र विराटनगरको संयोजनमा झापाको बिर्तामोडमा विहिबारदेखि शुरु भएको तीन दिने स्वास्थ्यको विषयमा पत्रकारिता अभिमुखिकरण कार्यक्रमका सहजकर्ता मन्त्रालयका कविराज तीर्थराज आचार्यले उक्त तथ्याङ्क बारे जानकारी गराएका हुन् ।

नसर्ने रोगहरुका कारण हुने मृत्युदरको प्रतिशतलाई घटाउन मन्त्रालयले स्वास्थ्य जीवन कार्यक्रम सञ्चालन गर्न लागेको कविराज आचार्यले बताए । आगामी असार पहिलो साता झापाको बिर्तामोडमा सांकेतीकरुपमा उद्घाटन गरिने उक्त कार्यक्रम स्वास्थ्य प्रबद्र्धन अभियानकोरुपमा सञ्चालन हुने बताइएको छ ।

मन्त्रालयको लक्ष्य प्रदेशका सबै जिल्लाहरुमा सञ्चालन हुने उक्त कार्यक्रमलाई पालिकास्तर हुँदै टोल–टोलसम्म पु¥याई नसर्ने रोगका कारक तत्व धुमपान, मद्यपानलगायतलाई पूर्णरुपमा नियन्त्रण गर्ने रहेको छ । “नसर्ने रोगको कारक तत्वलाई नियन्त्रण नगर्ने हो भने मृत्युदरको प्रतिशतमा वृद्धी हुनेछ”– उनी दावी गर्छन् ।
सहजकर्ताहरु आचार्य, केसू काफ्ले, केन्द्र परामर्श समितिका अध्यक्ष मोहन भण्डारी र प्रशिक्षक यज्ञप्रसाद शर्माले सहजिकरण गर्ने कार्यक्रममा ३० जना पत्रकारको सहभागीता रहेको छ ।
स्थानीय संयोजन नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष तारामणी सापकोटाको अध्यक्षता र केन्द्र परामर्श समितिका अध्यक्ष भण्डारीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा स्वागत उपाध्यक्ष एकराज गिरीले गरेका थिए । कार्यक्रमको सञ्चालन महासंघका सचिव सन्तोष आचार्यले गरेका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here