सासंक पुरस्कार कोमललाई

३२ जेष्ठ २०७६, शनिबार मा प्रकाशित

धुलाबारी ।

यस वर्षको सासंक पुरस्कार इलामका सङ्गीतकार तथा गीतकार कोमल निरौलालाई प्रदान गरिएको छ ।

सासंक प्रतिष्ठान धुलाबारीले स्थापना गरेको सासंक पुरस्कारबाट पुरस्कृत निरौलालाई शुक्रवार एक कार्यक्रमकाबीच वरिष्ठ गीतकार तथा गायक गणेश रसिकले सम्मान पत्र र नगदसहित सम्मान गरेका थिए ।

सासंक प्रतिष्ठानको २९ औं स्थापना दिवसको अवसरमा धुलाबारी माविको सभा कक्षमा आयोजित एक समारोहका बीच निरौलालाई नगद २५ हजारसहित सम्मान गरिएको थियो । प्रतिष्ठानका अध्यक्ष छविलाल खतिवडाको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि गणेश रसिकले शुभकामना मन्तव्यका साथ कालजयी गीत प्रस्तुत गरेका थिए । त्यस अवसरमा विशेष अतिथि इलामका नागरिक अगुवा एवम् सञ्चारकर्मी धर्म गौतमले निरौलाका योगदानको चर्चा गर्दै इलाम साहित्य, संस्कृति र कलाको उर्वर भूमि भएको बताए ।

पुरस्कार छनौट समितिका संयोजक चन्द्र भण्डारीले पुरस्कृत व्यक्तित्वको परिचय दिएका थिए । त्यस अवसरमा सम्मानित निरौलाले केही गीतहरु गाएका थिए भने स्थानीय कलाकारद्वारा नृत्य प्रस्तुत गरिएको थियो ।
कार्यक्रम प्रतिष्ठानका महासचिव मिलनकुमार ढुङ्गानाले सञ्चालन गरेका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here