असल छोरी बुहारी र ११ जेष्ठ सम्मानित

३२ जेष्ठ २०७६, शनिबार मा प्रकाशित

बिर्तामोड ।

१४ औं जेष्ठ नागरिक दुव्र्यवहारविरुद्ध चेतना दिवसका अवसरमा झापाको बिर्तामोडमा जेष्ठ नागरिकलाई सम्मान गरिएको छ ।

जेष्ठ नागरिक संघ बिर्तामोड–१ ले शुक्रबार आयोजना गरेको कार्यक्रममा ५ जना पुरुष, ६ जना महिला जेष्ठ नागरिकलाई सम्मान गरिएको हो । त्यस्तै सोही अवसरमा जेष्ठ नागरिक आमाबुबालाई सम्मानजनक ब्यवहार गर्ने तीन जना बुहारी र दुई जना छोरीलाई सम्मान गरिएको जेष्ठ नागरिक संघ वडा–१ का अध्यक्ष डम्बर बस्नेतले जानकारी दिए ।

संघमा आवद्धभएका जेष्ठ नागरिक मध्ये उमेरको आधारमा सम्मान गरिएको थियो भने छोरी र बुहारी मध्ये सबैको मूल्याङ्कनको आधारमा सम्मान गरिएको बताइएको छ । सम्मानले सबैलाई हौसला मिल्ने अपेक्षा राखिएको छ ।
जेष्ठ नागरिक प्रति सबैले सम्मानजनक ब्यवहार गर्दै उनीहरुलाई राष्ट्रको गहनाको रुपमा लिन प्रेरणा जगाउने उद्देश्यले वडाभरका सबै जेष्ठ नागरिकको भेला गरेर विभिन्न कार्यक्रम गरेको बताइएको छ ।

जेष्ठ नागरिक संघ वडा–१ का अध्यक्ष बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा वडाध्यक्ष अग्नि पाण्डे, जेष्ठ नागरिक जिल्ला संघ अध्यक्ष भवानीप्रसाद दाहाल, सहसचिव लक्ष्मी पाण्डे, कोषाध्यक्ष ईश्वरी तिमल्सिना, जेष्ठ नागरिक संघ वडा–४ का अध्यक्ष कुलप्रसाद संग्रौला लगायतले जेष्ठ नागरिकको योगदान र अनुभवका बारेमा सहभागीलाई जानकारी गराएका थिए ।

कार्यक्रममा जेष्ठ नागरिकहरुको उल्लेख्य सहभागिता रहेको थियो । सोही अवसरमा जेष्ठ नागरिकको इतिहासको विषयमा सहसचिव लक्ष्मी पाण्डे, जेष्ठ नागरिकको स्वास्थ्यको विषयमा अनारमनी स्वास्थ्य केन्द्रका गोपाल शरण, जेष्ठ नागरिकको चेतना एवम् विर्सने रोगको विषयमा डम्बर बस्नेतले कार्यपत्र समेत प्रस्तुत गरेका थिए ।

सो अवसरमा विभिन्न रमाइलो भलाकुसारी समेत भएको जनाइएको छ । उक्त कार्यक्रमको सञ्चालन रमेश भट्टराईले गरेका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here