अपाङ्गता भएकालाई मौरीघार वितरण

0
424

दमौली,

तनहुँको शुक्लागण्डकी नगरपालिकास्तरीय अपाङ्गता सञ्जालले अपाङ्गता भएका व्यक्तिलाई आयआर्जनमा सहयोग गर्ने उद्देश्यसहित मौरीघार वितरण गरेको छ । नगरपालिकाभित्रका विभिन्न वडामा बसोबास गर्ने २० अपाङ्गता भएका व्यक्तिलाई सञ्जालले मौरीसहितको घार वितरण गरेको हो ।

मौरीपालनसम्बन्धी आधारभूत ज्ञान दिएर उनीहरुलाई मौरीघार वितरण गरेको सञ्जालका अध्यक्ष बालकुमारी रेग्मीले जानकारी दिनुभयो ।

उहाँका अनुसार रु आठ हजार मूल्य पर्ने मौरीघार निःशुल्क वितरण गरिएको हो । अपाङ्गता भएका व्यक्तिलाई मौरीघार वितरण गर्दै शुक्लागण्डकी नगरपालिकाका उपप्रमुख सविता रसाइलीले अपाङ्गता भएका व्यक्तिलाई आत्मनिर्भर बनाउन स्थानीय सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here