विप्लव शान्तिपूर्ण राजनीतिमा आउनुपर्छ : उपसभापति निधि

१९ असार २०७६, बिहीबार मा प्रकाशित

चितवन,

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले नेत्रविक्रम चन्द विप्लव समूहलाई शान्तिपुर्ण राजनितिमा आउन आग्रह गरेका छन्।

बिहीबार प्रेस युनियन चितवनले भरतपुर विमानस्थलमा गरेको पत्रकार सम्मेलनमा निधिले हिंसाको राजनीति त्यागेर शान्तिपुर्ण बाटोमा आउन आग्रह गरे।  पूर्वगृहमन्त्री समेत रहेका निधिले कसैले पनि आफ्नो राजनीतिक स्वार्थपुर्तिका लागि हिंसा गर्न नहुने बताए।

उनले सरकारले पनि विप्लव समूहलाई वार्ताको माध्यमबाट शान्तिपुर्ण बाटोमा ल्याउनुपर्नेमा जोड दिए।  विगतमा तत्कालीन माओवादीलाई पनि वार्ताकै माध्यमबाट शान्तिप्रकृयामा ल्याएको बताउदै उपसभापति निधिले भने ‘विप्लव पनि हिंसा त्यागेर आउनुपर्छ, सरकारले पनि छलफलको माध्यमबाट शान्तिप्रकृयामा ल्याउनुपर्छ।’

नेता निधिले सरकारले एकपछि अर्को गर्दै संविधान र संघियताविरोधि काम गरीरहेको आरोप लगाएका छन्। गुठी विधेयक, मिडीया काउन्सील विधेयक, चिकित्सा विधेयकलगायतका विवादास्पद विधेयकहरु ल्याइरहेकाले पनि सरकार संविधान र संघियताको विरोधमा अघि बढेको पुष्टि हुने निधिको दाबी छ। उनले सरकारका नराम्रो कामको संसद र सडकबाट कडा विरोध गरीरहेको बताए।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here