गौरादहमा दीर्घ रोगीको निःशुल्क उपचार

0
426

बिर्तामोड।

गौरादह नगरपालिकाले ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई निःशुल्क औषधि उपचार गर्ने भएको छ । सवै नागरिकलाई स्वस्थ राख्न राज्यद्वारा प्रदान गरिने स्वास्थ्य सेवामा थप गर्दै ७० वर्ष माथिका दीर्घ रोग (उच्च रक्तचाप र मधुमेह)का विरामीलाई निःशुल्क औषधि बितरण गर्ने भएको हो ।

ज्येष्ठ नागरिकको आवश्यकता बमोजिमको उपयुक्त स्वास्थ्य सेवा, हेरचाह र सहयोगको एकीकृत कार्यक्रम तर्जुमा गर्दै विरामीलाई निःशुल्क सेवा प्रदान गरिने नगरपालिका प्रमुख रोहितकुमार साहले बताए । उनले भने – यस वर्षबाट हामीले स्वास्थ्य नीति निर्माण गरी सेवा प्रवाह, अति विपन्न परिवारका एक सय महिलाहरुको निःशुल्क स्वास्थ्य विमा, विपन्न ५० नागरिकलाई निःशुल्क स्वास्थ्य विमा, बालबालिकामा कुपोषणको समस्या देखिए नगरस्वास्थ्य शाखाको सिफारिसमा रु. दुई हजार रुपैयाँ प्रदान गर्छाैं ।

स्वास्थ्य विमालाई प्रभावकारी बनाउन गौरादह हेल्थ पोष्टमा एमवीवीएस डाक्टरको सेवा समेत उपलव्ध गराउछौं –अध्यक्ष साहले भने –जसका लागि दुई जना डाक्टर, दुई जना स्टाफ नर्स, एक जना रेडियो ग्राफर, एक जना ल्याव टेक्निसियन राखेर डिजिटल एक्स–रे सेवा समेत सञ्चालन गरिने छ ।

नगरलाई मातृ शिशु मृत्युदर नभएको नगरको रुपमा घोषणा गर्ने र गर्भवती महिलाको निःशुल्क स्वास्थ्य जाँच तथा उचित परामर्शको व्यवस्थाका लागि समेत विशेष कार्यक्रम सञ्चालन गरिने बताइएको छ । बालबालिकामा दाँत सम्वन्धी रोग अत्यधिक देखापर्ने भएकाले दाँत तथा मुखको क्यान्सर सम्वन्धी स्वास्थ्य शिविर सञ्चालन गर्दै त्यस्ता विबरामी भेटिएमा निःशुल्क औषधि उपचार गर्ने गाउँपालिका अध्यक्ष साहले बताए ।

सुत्केरी महिलालाई दुई सन्तान जन्मिँदा सम्म रु. दुई हजार रुपैयाँ पोषण भत्ता दिने र बालस्वास्थ्य र महिला स्वास्थ्यको विषयमा प्रत्येक वडामा सचेतनाका कार्यक्रम सञ्चालन गरिने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here