अटो टेम्पो गाँजा ओसारपसार

0
17

योगेन्द्र योगी
बिराटनगर,

धनकुटाको शहिदभूमी गाउँपालिका-१ स्थितबाट लागुऔषध गाँजा बोकेको अटो टेम्पो सहित ओसार पसारमा संलग्न चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय छिन्ताङबाट गस्तीमा खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा को.१ ह ९१३३ नम्वरको अटो टेम्पोमा ७ वटा बोरामा लोड गरी लादै गरेको १ सय ५ किलोग्राम गाँजा बरामद भए संगै अटो टेम्पो र ओसार पसारमा संलग्न रहेका चालक शहिदभूमी-१ का २५ बर्षीय अभिषेख बि.क. समेतलाई पक्राउ गरेको हो ।

गाँजा सहित पक्राउ परेका उनको जिल्ला प्रहरी कार्यालय धनकुटाबाट आवश्यक कानूनी कारवाही तथा थप अनुसन्धान भईरहेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ।

यसैगरी, मोरङ र सुनसरी बिभिन्न स्थानबाट प्रहरीले प्रतिवन्धित लागूऔषध ब्राउन सुगर र निषेधित औषधी सहित ५ जनालाई पक्राउ गरेको छ।

मोरङको विराटनगर महानगरपालिका-१५ स्थितमा लागूऔषध नियन्त्रण व्युरो विराटनगरबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले ब्राउन सुगर ५ ग्राम सहित सुनसरीको धरान-१३ का ३५ बर्षीय राज कुमार राईलाई, मोरङ उर्लाबारी-२ का ३१ बर्षीय संदिप कटुवाललाई ३ ग्राम ब्राउन सुगर सहित र पथरी शनिश्चरे-१० का ३२ बर्षीय प्रेम बहादुर तामाङलाई १० ग्राम ३० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।

यस्तै, सुनसरीको अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा धरान-१७ का २२ बर्षीय पासाङ तामाङ र २४ बर्षीय सुमन राईलाई ट्रामाडोल ३९७ क्यापसुल र स्पास्पेन ७ ट्याव्लेट सहित पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ।

उनीहरुको बारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here