मेचीनगरमा लगानी बढ्दै पान पसलदेखि चाउचाउ उद्योगसम्म खुल्दै

२३ श्रावण २०७६, बिहीबार मा प्रकाशित

झापा। 

कुनै बेला मेचीनगरमा लगानी मैत्री बातावरण नभएको भन्दै उद्योगी व्यवसायीहरु पलायन भएर वैकल्पिक पेशा रोज्न बाध्य थिए । धेरैले आफ्नो उद्योग व्यवसायको लगत समेत कट्टा गरे ।

उद्योग सञ्चालन गर्ने अनुकूल बातावरण नभएकै कारण उद्योगीहरुले लगानी गर्न छाडेका थिए । उद्यमशीलताको विकाश नहुनु, विभिन्न संघ–संगठनको चन्दा आतंक, उद्योगी व्यावसायीहरुलाई शान्ति सुरक्षाको प्रत्याभूति सरकारले दिलाउन नसक्नु, भौतिक पूर्वाधारहरुको विकास नहुनु लगायतका कारणले पनि धमाधम उद्योग बन्द भई लगत कट्टा हुन्थे ।

तर, केही दिनयतादेखि मुलुकको परिस्थिति सहज बन्दै गएका कारण मेचीनगरमा उद्योगी व्यवसायीहरुले औद्योगिक क्षेत्रमा लगानी बढाएका छन् । पछिल्लो समय मेचीनगर लगानीमैत्री बनेको कारण यहाँ निर्धक्करुपमा नयाँ–नयाँ उद्योग खोल्ने क्रम बढेको छ ।

उद्योग व्यवसायीहरुको साझा संस्था मेची उद्योग वाणिज्य संघका अनुसार गत आर्थिक वर्ष २०७५÷ ०७६ मा मात्र सो संस्थाको सदस्यता लिनेहरु एक हजार आठ सय १४ पुगेका छन् । जुन संख्या गत आर्थिक वर्ष २०७४÷०७५ को तुलनामा तीन सय ८४ ले बृद्घि भएको संघका कार्यकारी निर्देशक गोपाल बस्नेतले जानकारी दिए । उनका अनुसार सो वर्ष संघमा एक हजार चार सय ३० जनाले मात्र फम दर्ता गरेका थिए ।

बस्नेतका अनुसार नगरमा विभिन्न प्रकारका उद्योग दर्ता गर्नेक्रम बढेको छ । उनका अनुसार नगरमा स–साना पान र मिठाइ पसलहरुमात्र होइन चाउचाउ, जुस, पानी, दाना, जुत्ता चप्पल, लुव्रिकेन्टस उद्योगहरु फाइव स्टार थ्री स्टार होटल क्यासिनो लगायत धमाधम सञ्चालनमा आइरहेका छन् । संघमा उद्योगी व्यवसायीले बिभिन्न खाले उद्योग तथा व्यवसाय दर्ता गर्ने क्रम बढेपछि संघको राजस्वमा समेत बृद्धि भएको छ ।

काकरभिट्टामा बैकको शाखा खोल्ने होड

व्यवसायिक रुपमा फड्को मारिरहेको पूर्वी नाका मेचीनगरमा बैंकको शाखा खोल्ने होड नै चलेको छ । कारोबारको आकार बढ्दै जाँदा सहरमा बैंकको संख्या पनि बढ्दै गएको हो । यसले ग्राहकलाई पनि छनोटको विकल्प दिएको छ ।

अहिले नगरको मुख्य केन्द्रविन्दु काँकरभिट्टा, धुलाबारी, चारआली लगायत बजारका अधिकांश भवनमा बैंकका शाखा छन् । देशमै ख्याती कमाइसकेका बैकका शाखा काँकरभिट्टाको झण्डै आधा किलोमिटरको वरिपरि रहेका छन् । सनराइज, कन्काई विकास, एक्सेल, प्रभु , एनआइसी एशिया, माछापुच्छ«े , सिद्घार्थ बैंकका शाखा सञ्चालनमा छन् ।

निकट भविष्यमा अन्य बैंकले समेत शाखा विस्तार गर्ने तयारी गरीरहेका छन् । यी बैंकसँगै सरकारी स्वामित्वको नेपाल बंैक आधा किलोमिटर दुरीभित्रै रहेको छ । प्रायः सबै बैकमा बचत गर्ने र चेक साट्नेको उस्तै भीड लाग्छ । एटिएमको व्यवस्था भएर पनि उद्योगी व्यवसायीहरुलाई सहज भएको छ ।

स्थानीयको आयमा बृद्धि भएकै कारण कनकाई विकास बैकले पनि लामो समयदेखि यहीँ बसेर सेवा प्रदान गरिरहेको छ । दैनिक डेढदेखि दुई सय जनाको भीड लाग्ने बैक भारतसँग सीमा जोडिएको काँकरभिट्टामा शाखा विस्तार गर्दा धेरै कुरा सहज हुने भएकाले तत्काल शाखा विस्तार गरेको त्यहाँका अधिकारीहरु बताउँछन् । यहाँका धेरै मानिस आर्थिकरुपमा सम्पन्न छन् त्यसैलाई हेरेर पनि तेस्रो शाखाको रुपमा काँकरभिट्टामा कनकाईको शाखा सञ्चालनमा आएको हो ।

काँकरभिट्टाको भविष्य राम्रो छ यहाँका अधिकांश मानिस केही न केही व्यवसायमा संलग्न छन् । बैंकले गरेको लगानी डुब्ने कुनै सम्भावना छैन । कृषि क्षेत्रमा लगानी गर्ने बैंकको उद्देश्य अनुरुप पनि काँकरभिट्टाका धेरै मानिस कृषि कार्यमा संलग्न छन् । काँकरभिट्टा शाखाले एबीबीएसलाई समेत सपोट गर्ने गरेको छ ।

मेचीनगरमा विभिन्न बैंकको शाखा खोल्ने होडवाजी चलिरहेका बखत काठमाडौंको बबरमहलमा प्रधान कार्यालय रहेको प्रभु बैंकले समेत १६औँ शाखाका रुपमा काँकरभिट्टामा शाखा खोलेर बंैकिङ कारोवार गरिरहेको शाखा प्रबन्धक प्रशन्न तुलाधरले बताए । बैंकमा दैनिक दुईदेखि अढाई सय जनासम्म सेवाग्राही सेवा लिन आउन थालेका छन् । बंैकमा क्रेडिट कार्डको व्यवस्था छ । काँकरभिट्टामा वित्तीय कारोवारको अवस्था राम्रो भएकै कारण निजी बैंकहरुको ध्यान मेचीनगरमा छ ।

मेचीनगरमा सरकारी स्वमित्व रहेको नेपाल बंैक पनि छ । सहकारीका क्षेत्रबाट सञ्चालित वित्तिय संस्थाहरु पनि नगरमा धेरै छन् । विगतमा मुख्य बजार र विभिन्न नामले चिनीने क्षेत्र अहिले बंैक र सहकारीका नामले चिनिन थालेका छन् । पछिल्लो समय नगरका उद्योगी व्यवसायी पलायन हुने अवस्था बन्द भएको र लगानीमैत्री वातावरण भएकै कारण नगरमा बैंक र सहकारी संस्थाहरु धमाधम स्थापना भइरहेका छन् । स्थानीय भने धेरै वित्तीय संस्थाले एउटै ठाउँलाई बैकको शाखाका रुपमा केन्द्रविन्दु बनाउनुभन्दा गाउँ–गाउँमा स्थापना भए त्यस्ता संस्थामा सबैको पहुँच पुग्ने बताउँछन् ।

वित्तीय संस्था स्थापना हुनु राम्रो पक्ष भएको बताउँछन् –मेची उद्योग बाणिज्य संघ मेचीनगरका पूर्वअध्यक्ष विजय डालमिया । तर, एक्कै ठाउँमा आवश्यकताभन्दा बढी वित्तीय संस्था सञ्चालन हुँदा ग्रामीण क्षेत्रका बासिन्दा बंैकको पहुँचभन्दा टाढा पुग्न सक्छन् । वित्तीय कारोवारको सुविधा नभएको तथा बैंकको आवश्यकता भएका ठाउँमा यस्ता वित्तीय संस्था स्थापना गर्नुपर्ने उनको सुझाव छ । विशेषगरी मेचीनगर भारतसँग सीमा जोडिएको नाका भएका कारण पनि यहाँ बैंकको शाखा खोल्ने होडवाजी चलेको स्थानीयको भनाई छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here