जन्मोत्सवको अवसरमा बालज्योतीका विद्यार्थीलाई स्कूल ब्याग

३१ श्रावण २०७६, शुक्रबार मा प्रकाशित

अर्जुनधारा।

झापाको अर्जुनधारा–९मा रहेको बालज्योती प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई शुक्रबार एक कार्यक्रमकोबिच स्कूल ब्याग वितरण गरिएको छ ।

अखिल क्रान्तिकारी झापाका अध्यक्ष अनिल सुवेदीको २८औं जन्मोत्सवको अवसरमा अध्यक्ष सुवेदीले २५ जना विद्यार्थीलाई उक्त ब्याग वितरण गरेको हो ।

विद्यालय व्यवस्थापन समितिका सदस्य रमेश भट्टराईको अध्यक्षता र अखिल क्रान्तिकारी केन्द्रीय उपाध्यक्ष युवराज दाहालको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा स्वागत मन्तव्य प्रधानाध्यापक गंगाराम अधिकारीले गरेका थिए ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) झापाका सदस्य अग्नि दाहाल, युवा संघ केन्द्रीय सदस्य प्रत्युस राना, अखिल क्रान्तिकारी केन्द्रीय सचिव मदन भट्टराई, केन्द्रीय सदस्य खगेन्द्र सुवेदी, राष्ट्रिय संरक्षण युवा मञ्चका अध्यक्ष रञ्जन देवकोटालगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रमको सञ्चालन अखिल क्रान्तिकारी झापाका सदस्य सुरेन्द्र गिरीले गरेका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here