शिक्षक संगठनद्वारा १८ शिक्षक सम्मानित

३० भाद्र २०७६, सोमबार मा प्रकाशित

सुरुङ्गा ।

नेपाल राष्ट्रिय शिक्षक संगठन कनकाई नगर समितिद्वारा १८ जना शिक्षकलाई सम्मान गरिएको छ ।

कनकाई माविको सभाहलमा संगठनका अध्यक्ष हरिप्रसाद तिम्सिनाको अध्यक्षता र झापा क्षेत्र नं. ४ (ख) का माननीय सांसद हीराकुमार थापाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कनकाई नगरभित्रका सामुदायिक विद्यालयका अनिवार्य तथा स्वेच्छिक अवकास प्राप्त १८ जना शिक्षकहरुलाई सम्मान गरिएको थियो । त्यसैगरी, शिक्षा सेवामा प्रवेश गर्नुहुने, सरुवाभई कनकाई नगरभित्र आउनुहुने ५० जना शिक्षकहरुलाई स्वागत तथा बधाई ज्ञापन गरिएको थियो ।

ने.क.पा. केन्द्रीय सदस्य तथा शिक्षकहित बचत (साकोस) झापा अध्यक्ष नारायणप्रसाद गौतमको विशिष्ट आतिथ्य र नेपाल राष्ट्रिय शिक्षक संगठन पूर्व कार्यवाहक अध्यक्ष तथा नेकपा जिल्ला कमिटी सचिवालय सदस्य जनार्दन उप्रेतीको विशेष आतिथ्यमा भएको कार्यक्रममा आदर्श विद्यामन्दिर मा.वि. घैलाडुव्वाका प्रअ धर्मानन्द निरौला, सम्मानित व्यक्तित्व निर्मलकुमार खतिवडा, कनकाई नगर शिक्षा समिति सदस्य एवम् भगवती आधारभूत विद्यालय कनकाई–५ का विद्यालय व्यवस्थापन समिति अध्यक्ष ओमप्रसाद पाठक, आदर्श विद्यामन्दिर मा.वि. घैलाडुव्वाका शिक्षक भीमप्रसाद अधिकारी लगायतले कार्यक्रम सफलताको शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा कनकाई माविका प्रधानाध्यापक कर्णबहादुर डाँगीको विशेष आतिथ्य रहेको थियो । कनकाई नगर समितिका महिला उपाध्यक्ष कमला पौडेल (ढकाल)को स्वागत मन्तव्य रहेको कार्यक्रममा अध्यक्ष हरिप्रसाद तिम्सिनाले औचित्य माथि प्रकाश पारेका थिए । कार्यक्रम संचालन नगर समितिका सचिव चन्द्रप्रसाद पोखरेलले गरेका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here