काँकरभिट्टा ।
विद्यार्थीहरुलाई लागुऔष र साइवर अपराधसम्बन्धि अपराधका बारेमा चेतना दिने उदेश्यले मंगलबार झापाको मेचीनगरमा एकदिने सचेतना कार्यक्रम सम्पन्न भएको छ।
मेचीनगर १० स्थित इष्ट होराइजन अंग्रेजी माविका कक्षा १०, ११ र १२ का करीव दुईसय जना विद्यार्थीलाई जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिनेशराज मैनालील विविध विषयमा जानकारी दिनुभएको थियो । उहाँले इन्टरनेट तथा सामाजिक सञ्जालको फाईदा, यसबाट हुन सक्ने अपराध,सुरक्षित प्रयोग, साइवर अपराध भनेको केहो ? लगायतका विषयमा विद्यार्थीहरुलाई जानकारी गराउनुभएको थियो ।
प्रहरी उपरीक्षक मैनालीले इन्टरनेट र सामाजिक सञ्चाल भनेको के हो भन्ने विषयमा विद्यार्थीहरुलाई जानकारी दिदैं इन्टरनेटबाट के के गर्न सकन्छि, यसबाट दुव्यवहारमा परे के गर्ने विषयमा प्रशिक्षण दिदैं सके सम्म अपरिचत मानिसले आफुलाई साथी बनाउन खोजे सहजै असवीकार गर्ने, कसैले यसको दुरुपयोग गरे आफुलाई दुख दिए तत्काल प्रहरीलाई खवर गर्न आग्रह गर्नुभयो ।
साइवर अपराधको कानुनी व्यवस्थाका जानकारी दिदैं उहाँले विद्युतिय कारोवार ऐन २०६३ अनुसार अधिकतम २ लाख रुपैयाँ जरिवाना र ५ वर्ष कैदको व्यवस्था रहेको बताउनुभयो । कसैले पनि आफ्नो पासवर्ड दिन नहुने यसलाई गोप्य राख्नुपर्ने बताउँदै कहिले काहि यसको दुरुपयोगले समाजमा ठुल्ठुला घटना हुन सक्ने भएकाले यसतर्फ प्रयोगकर्ता सचेत हुनुपर्ने बताउनुभयो ।
सन् २०१७ को डिसेम्बरसम्ममा नेपालमा फेसवुक प्रयोगकर्ताको संख्या ८७ लाख पुगेको उहाँले तथ्यांग प्रस्तुत गर्नुभयो । नेपालको कुल जनसंख्याको १ सय १५ दशमलव १८ प्रतिशत मानिसको पहुँच मोवायलमा तथा ६४ दशमलव ८९ प्रतिशतको पहुँच इन्टरनेटमा रहेको उहाँले जानकारी दिनुभयो ।