झापा ।
झापाको बाह्रदशीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बाह्रदशी गाउँपालिका १ कमलडाँडाका २४ वर्षीय तइराज राई रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।
प्रहरीका अनुसार आफ्नै घरमा रहेको ट्युबवेलमा जडित मोटर बनाउने क्रममा राईलाई करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते भएका राईलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको जनाइएको छ ।






























