सताक्षीधाम र दोमुखामा भ्रमण वर्षको भब्य स्वागत

१७ पुष २०७६, बिहीबार मा प्रकाशित

विनोद सापकोटा / झिलझिले ।

शिवसताक्षीको सताक्षीधाम र दोमुखामा बृहत सरसफाई र साँस्कृतीक कार्यक्रमको आयोजना गर्दे भ्रमण वर्ष २०२० को भव्य स्वागत गरिएको छ ।

शिवसताक्षी नगरपालिकाले आयोजना गरेको धार्मिक तथा पर्यटकीय सताक्षीधाममा वृहत सरसफाई गरिएको हो । नगरका सरकारी तथा गैह्रसरकारी संघ सस्थाका प्रतिनिधी सम्मिलीत सयौको संख्याका नगरबासीले सताक्षीधाम परिषरमा सरसफाई गरिएको शिवसताक्षी नगरपालिकाले जनाएको छ ।

राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालय दुधेको भूपू विद्यार्थी मञ्च, सतासीधाम जेसीज, शिवसताक्षी नगर प्याव्सनलगायत नगरका सामुदायीक र संस्थागत विद्यालयको सहभागीता थियो । शिवसताक्षी नगरपालिकाकी उपमेयर भोजकुमारी नेपालले नगरको पहिचानका रुपमा रहेका सताक्षीधाम, दोमुखा र चिल्लागढ पोखरीको प्रवद्र्धनका लागि पर्यटन भ्रमण वर्ष २०२० कोसेढुँगो सावित हुने वताईन ।

उनले सताक्षीधाम, चिल्लागढ पोखरी र दोमुखा का रमणीय दृश्य हेरेर आनन्दलिन आन्तरिक तथा वाहिय पर्यटकलाई आग्रह गरिन ।

नगरका कार्यवहाक प्रमुख प्रशासकिय अधिकृत तथा नगर शिक्षा अधिकारी सुरेन्द्र दाहालले आन्तरिक तथा वाहिय पर्यटकका लागि सताक्षीधाम र दोमुखा प्रदेश नम्बर १ को उत्कृष्ठ गन्तव्य बनेको बताए । नगरका प्रवक्ता तथा वडा नम्बर ७ का अध्यक्ष नविन ईजमले नगरका त्रि धाम दोमुखा, चिल्लागढ धाम र सताक्षीधामले नगरको पहिचान स्थापित गरेको बताए । कार्यक्रममा नगरका योजना शाखाका प्रमुख प्रकाश चौधरीले पर्यटन भ्रमण वर्ष २०२० मा नगरका पर्यटकीय क्षेत्रमा पर्यटकको आवगमन नगरका लागि नयाँ आयाम हुने बताएका छन ।

सताक्षीधाम, दोमुखा र चिल्लागढधाम आउने विदेशी तथा स्वदेसी पर्यटकले निर्धक्क रुपमा शिवसताक्षी नगरका पर्यटकिय क्षेत्रमा निर्वाध घुम्न र आध्यात्मिक लाभ लिन सक्ने ईलाका प्रहरी कार्यलय झिलझिलेका प्रहरी निरीक्षक कोमल ठाकुर ले बताएका छन । उनले भने, ‘विना संकोच शिवसताक्षी नगरका पर्यटकीय क्षेत्रमा यहाँले भ्रमण गर्न सुरक्षा चुनौती सहनुपर्देन, तीनवटै क्षेत्रमा नेपाल प्रहरी तैनाथ छ ।’

यता नगरको अर्को पर्यटकीय दोमुखामा पर्यटन भ्रमण वर्षकै पहिलो दिन आन्तरिक पर्यटकले खचाखच भरिएको थियो । दोमुखा धार्मीक तथा पर्यटकीय विकास संस्थाका सचिव धनवहादुर ढकालका अनुसार वनभोजका लागि ७१ वटा टोली दोमुखा आएका थिए ।

ढकालले दिएको जानकारी अनुसार दोमुखामा वुधबार ७ हजार सर्वधारण नयाँ वर्ष २०२० मनाउन पुगेका थिए । नेपाल लगायत भारतको सिक्कीम, दार्जेलिङ्ग, कालेम्पोङ्ग, सिलिगुडी लगायतका स्थानबाट बनभोजका लागि हजारौ सर्वसाधरण आए । दोमुखा धार्मीक तथा पर्यटकीय विकास सस्था का अध्यक्ष धनवहादुर लावतीको अध्यक्षतामा दोमुखामा वृहत साँस्कृतिक कार्यक्रम पनि भएको थियो ।

स्थानीय वालनिकुञ्ज माध्यमिक विद्यालय, मेची ईलिंस वोर्डिङ्ग स्कूल र रेडरोजका छात्र छात्राले नेपाल र नेपालीको परम्परा झल्कने गीत, नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रम शिवसताक्षी नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष कर्णवहादुर थापाको प्रमुख आतिथ्यतामा भएको थियो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here