खानेपानीमा देखिएका विभेदको अन्त्य नगरे सम्म सभ्य र असल समाज निर्माण गर्न सकिन्न– बीना

८ माघ २०७६, बुधबार मा प्रकाशित

लक्ष्मी उप्रेती / काँकरभिट्टा,

संघीय सरकारका खानेपानी मन्त्री बीना मगरले पानीमा देखिएका विभिन्न विभेदको अन्त्य नगरे सम्म सभ्य र असल समाज निर्माण गर्न नसकिने बताउनुभएको छ ।

बुधबार सम्पन्न काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको २४ औँ वार्षिक साधारण सभा तथा मानव मलमुत्रीय फोहोर व्यवस्थापन केन्द्रको उद्घाटन गदैं मन्त्री मगरले २१ औँ शताब्दीमा समेत पानीसँग जातीय साँस्कृतिक विभेद जोडिएको हुदाँ यस्ता खाले विभेदको अन्त्य गर्न सवैपक्ष लाग्नुपर्नेमा जोड दिनुभयो ।

अहिले विभिन्न संघ संस्थामा उपभोक्ता समितिको संरचना भएको प्रसंग उल्लेख गदैं मन्त्री मगरले खानेपानीका नाममा गठन भएका उपभोक्ता संघ समितिहरु उपभोक्ताहरुलाई सेवा प्रदान गर्नका साथै यसको अन्त्यका लागि लाग्नुपर्नेमा जोड दिनुभयो ।

स्वच्छ तथा सफा पानी पिउन पाउनु हरेक नागरिकको नैसर्गिक अधिकार भएकाले तथा स्वस्थ्य शिक्षा पाउनु संविधानमा उल्लेख भएकाले वातावरणीय सरसफाईमा बाच्ने वातावरण निर्माण गर्नु त्यस्ता संघ संस्थाको दायित्व रहेको उहाँको जोड थियो । यस्ता संघ र समिति सरकारकै अभिन्न अंग तथा महत्वपुर्ण सम्पति भएकाले खानेपानी मन्त्रालयले यसलाई आधार मानेर खानेपानीका विभिन्न योजनाहरुलाई लिएर अघि बढ्ने गरेको प्रष्ट पार्नुभयो ।

सरकारले खानेपानी विस्तार गर्न तथा नीति निर्माण तयार गरेर कार्यान्वयनका लागि अघि बढ्ने भन्दैं मन्त्री मगरले यस्ता समितिहरुलाई मन्त्रालयका वेतलवी कर्मचारी तथा जनताका माझमा सरल र सहजरुपमा खानेपानी पुर्याउने कार्यकर्ताको रुपमा लिएको बताउनुभयो । उहाँले देशमा थुप्रै खानेपानीका संघ संस्था रहेपनि काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थासँग सम्बन्ध आत्मियता र अमिट साइनो रहेको बताउनुभयो ।

सोहि अवसरमा मन्त्री मगरले मेचीनगरको ७ नम्बर वडामा रहेको नेपालकै पहिलो पाइलट प्रोजेक्टकारुपमा रहेको मानव मलमुत्रीय फोहोर व्यवस्थापन केन्द्रको उद्घाटन समेत गर्नुभयो । उक्त केन्द्रको बारेमा जानकारी गराउदैं दोस्रो साना शहरी खानेपानी आयोजनाका विद्यनाथ भट्टराईले प्रष्ट पार्नुभएको थियो ।

संस्थाका अध्यक्ष हर्कबहादुर फियाक लिम्बुले कार्यक्रमको सभापतित्व गदैं सञ्चालक समितिको तर्फबाट प्रतिवेदन प्रस्तुत गर्नुभयो । सहलगानी मार्फत विस्तार हुनेक्षेत्रको निर्धारण र त्यसका लागि आवश्यक गर्नुपर्ने तयारी, संस्थाको पाइपलाइन विस्तार १ सय ४५ किलो मिटर रहेको र यति ठुलो क्षेत्र भएको हुदाँ पाइप निरन्तर फुट्ने, नगर विकास कोषको ठुलो रकमको सावाँ र व्याज भुक्तानी गर्नुपर्नmे निरन्तर रुपमा पानीको गुणसतर कायम गन’र्शपर्ने, परीक्षणाक रुपमा बन्ने स्काडा स्सिटमलाई सफल बनाई नमुना प्रस्तुत गर्नुपर्ने, एशियान हाइवे अन्तरगत मेचीपुल निर्माणसंगै काँकरभिट्टा बसपार्कसम्म बाटाको विस्तार हुने भएकाले त्यहाँको पुरानो संरचना परिवर्तन गर्नुपर्नेलगायतको चुनौती संस्थामा रहेको उहाँले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ ।

१ प्रदेश सभा सदस्यहरु गोपालचन्द्र बुढाथोकी, श्रीप्रसाद मैनाली, राधा थापा, संविधान सभा सदस्यहरु रविन कोइराला, उषा गुरुङ, मेचीनगर नगरपालिका प्रमुख विमल आचार्य, उपप्रमुख मीना पोखरेल उप्रेती, नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य केशवराज पाण्डे, संस्थाका सल्लाहकार संयोजक सुर्यप्रकाश उप्रेती, नेपाली काँग्रेस झापाका उपसभापति राम कट्टेल, राप्रपाका क्षेत्रीय अध्यक्ष रमेश दाहाल, समाजवादी पार्टीका केन्द्रीय सदस्य धनप्रसाद गुरुङलगायतले बोल्नुभएको थियो ।

कार्यक्रममा मन्त्री मगरले समाजिकक्षेत्रमा योगदान पुर्याएको भन्दैं संस्थाकातर्फबाट कृष्णप्रसाद उप्रेती र तमर राईलाई ताम्रपत्रसहित दोसल्लाले सम्मान गर्नुभएको थियो । यसैगरी वर्ष उत्कृष्ट कर्मचारीकारुपमा उर्मिला प्रधान राईलाई नगद ७ हजार रुपैयाँसहित सम्मान पत्र प्रदान गरियो । संस्थाका सचिव राजकुमार पराजुलीले सञ्चालन गरेको कार्यक्रममा सहभागी सवैलाई संस्थाका उपाध्यक्ष शारदा पराजुलीले स्वागत गर्नुभएको थियो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here