विराट–भरत विश्रान्तिमा पुनः हर्कलाल

२४ माघ २०७६, शुक्रबार मा प्रकाशित

बिर्तामोड।

विराट भरत विश्रान्तिको तेस्रो अधिवेशन तथा वार्षिक साधारणसभा बिहीबार सम्पन्न भएको छ ।

बिर्तामोडमा सम्पन्न अधिवेशनले हर्कलाल गिरीलाई दोस्रो कार्याकालको लागि अध्यक्षमा चयन गरेको छ । समितिको उपाध्यक्ष राजकुमार पोखरेल, महासचिव गोपीकृष्ण प्रसाईं, कोषाध्यक्ष डिल्लीप्रसाद प्रसाईं, सचिवद्वय कञ्चना सिटौला र शिला ढकाल रहेका छन् । सदस्यमा कुलप्रसाद संग्रौला, पर्शुराम सिटौला, सुरेशकुमार अग्रवाल, कल्पना कडरिया, मनबहादुर पाहिम, भूपेन्द्रकुमार सिंह राजवंशी र उमेश डालमिया रहेका छन् ।

मानिसको जीवनको उत्तरार्ध संवेदनशील हुने र सो समय आनन्ददायी रहोस् भन्ने उद्देश्यले विश्रान्तिको स्थापना भएको प्रमुख संरक्षक राजेश खड्काले बताए । यो बृद्धाश्रम नभइ ज्येष्ठ नागरिक सेवा केन्द्र हो– उनले भने । असहाय, अशक्त तथा सन्तानले अपहेलना गरेका बृद्धबृद्धालाई राख्ने ठाउँ भन्ने आमबुझाइ छ तर यो त्यस्तो नभएको उनले प्रष्ट्याए ।

उनले भने– ‘यो बृद्धाश्रम नभइ ज्येष्ठ नागरिक सेवा केन्द्र हो, जेष्ठ नागरिक जिउँदो इतिहास हुन्, उनीहरु धर्म संस्कृति र संस्कारका धरोहर हुन्, उनीहरु समाजका अमूल्य निधि हुन्, उनीहरुको अनुभवलाई सामाजिक कल्याणमा लगाउने उद्देश्य बोकेर विश्रान्तिको स्थापना भएको हो ।’

राजनीतिक विचारक स्व. सीके प्रसाईं (भरतबाबु) को स्मरणमा गिरिराजकुमारी प्रसार्इंले दिएको २ विगाह १७ धुर जग्गामा बिश्रान्ति बनिरहेको छ । १६१ जना आजीवन सदस्यले उपलब्ध गराएको रकमबाट उक्त आश्रम निर्माण भइरहेको जनाइएको छ । सेवा केन्द्रमा तीन वटा आवास भवन, एउटा भोजन गृह र एउटा सत्संग भवन निर्माणाधीन छन् ।

दुई करोड रुपैयाँ बराबरको आम्दानी खर्च विवरण रहेको कोषाध्यक्ष डिल्लीप्रसाद प्रसार्इंले साधारणसभामा जानकारी दिए । गिरीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष पोखरेलले स्वागत गरेका थिए । महासचिव गोपीकृष्णले प्रतिवेदन पेश गरेका थिए । सदस्य सिटौलाले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा सहारा नेपाल साकोसका कार्यकारी प्रमुख महेन्द्र गिरी, शिक्षासेवी गणेश खनाल, आजीवन सदस्य गोपालकुमार बस्नेत, सुरेशकुमार वंशल, युवराज प्रसार्इं, मेगेन्द्र लिम्बू र ईश्वरा श्रेष्ठ लगायतले बोलेका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here