महिलालाई आत्मनिर्भर वनाउदै ‘गोपाल गौरी’

४ फाल्गुन २०७६, आईतवार मा प्रकाशित

विनोद सापकोटा / शिवसताक्षी ।

वेरोगार समस्या समाधान गर्न र समृद्ध समाज निर्माणका लागि स्थापित गोपाल गौरी दिगो विकास प्रतिष्ठान झापाले अति विपन्न र शारिरीक अपाङ्गता भएका नागरिकका लागि रचनात्मक काम शुरु गरेको छ ।

झापाको झिलझिलेमा शाखा कार्यलय स्थापना गरेर समाज रुपान्तरणको अभियानमा नेपाल सरकारलाई साथ दिएको सो संस्थाले जनाएको छ । वेरोजगार, एकल, शारिरीक अपाङ्ग भएका महिला र घरपरिवार वाट तिरस्कृत महिलाका लागि प्रतिष्ठान स्थापना भएको हो । ०७४ सालमा स्थापना भएको संस्थाको केन्द्रिय कार्यलय काठमाण्डौमा रहेको छ । झापा र ईलाममा शाखा विस्तार गरेको संस्थाकी केन्द्रिय अध्यक्ष ईन्दिरा गौतमले वताईन ।

झापाको शिवसताक्षी नगरका २० जना महिलालाई ढाकाको सिलाई वुनाई तालिम प्रदान गरेको छ । एक वर्ष अवधिको तालिममा सहभागी १७ जनाले सिटिईभिटीको परिक्षा दिएका थिए । त्यसमा १४ जनाले उत्तिर्ण गरेका छन । उत्तिर्ण १४ जना महिलालाई प्रमाण पत्र प्रदान गर्दे संस्थाले तान प्रदान गरेको छ । प्रतिष्ठानकी केन्द्रिय अध्यक्ष गौतमका अनुसार तान पाएका सवैले यतिवेला घरैमा बसेर मासिक २० हजार सम्म आम्दानी गर्न थालेका छन ।

यस्तै सिलाई कटाई तालिम पनि प्रतिष्ठानले २० जना महिलालाई निशुल्क प्रदान गरेको थियो । सो तालिममा सहभागीलाई सिटिईभिटीले परिक्षा लिएको थियो । परिक्षा दिएका मध्ये १५ जनाले उतिर्ण गरि लेवल ए को प्रमाण पत्र पाएको प्रतिष्ठानले जनाएको छ । संस्थाले उनिहरलाई ७ वटा मेसिन प्रदान गरि आत्मनिभएर बनाएको छ । सिलाई कटाई तालिमबाट प्राप्त शिपले शिवसताक्षी नगरका ३० महिला ले दैनिक आयआर्जन शुरु गरेका छन । उनिहरुको मासिक आम्दानी कम्तिमा २० हजार रहेको प्रतिष्ठानका झापा अध्यक्ष भद्रदुमी राईले जानकारी दिए ।

प्रतिष्ठानले कम्तिमा १०० जनालाई आजिवन सदस्यता प्रदान गरेको छ भने साधरण सदस्यता ५० भन्दा वढी रहेको छ । प्रतिष्ठानकी केन्द्रिय अध्यक्ष गौतमले संस्थालाई दिगो वनाउनका लागि आफ्नै श्रोतबाट २६ कट्ठा जग्गा प्रदान गरेकी छन । उनले प्रदान गरेको जग्गा झापा र ईलाममा छ । झापा निर्वाचन क्षेत्र नम्बर ४ प्रदेश १ का साँसद झलकवहादुर दर्लामी मगरले गोपाल गौरिदिगो विकास प्रतिष्ठान नेपालले समाज सुधारका लागि अनुकरणीय काम गरिरहेको बताए । नेपालमा हजारौको संख्यामा गैह्रसरकारी संस्था चलायमान छन तर गोपाल गौरिको जस्तो समाजकै लागि भनेर स्थापीत संस्था कमै छन । यस्ता फर्मले व्यवसायीकताबाट अलग हुनुपर्ने उनको धारणा रहेको छ ।

शनिवार एक कार्यक्रमका बीच सांसद मगरले तालिममा सहभागीलाई सिटिईभिटीको प्रमाण पत्र प्रदान गरे । झापा साखाका अध्यक्ष भद्रदुमी राईको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाको सफल्ताको कथा र चुनौतीका वारेमा केन्द्रिय अध्यक्ष गौतमले जानकारी गराएकी थिईन । संस्थाका सचिव गणेश घिमिरेले संचालन गरेको कार्यक्रममा शिवसताक्षी नगरकी उपप्रमुख भोजकुमारी नेपाल, ८ नम्बर वडाका अध्यक्ष केहरशिह बस्नेत, १० नम्बर वडाका अध्यक्ष कर्णवहादुर थापा, सतासीधाम जेसीजका पुर्व अध्यक्ष महेन्द्र भट्टराई , सिटिईभिटी प्रतिनिधी होमनाथ अधिकारी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here