वुद्धस्मृतिको २४ औं वार्षिकोत्सव सम्पन्न

४ फाल्गुन २०७६, आईतवार मा प्रकाशित

बिर्तामोड ।


झापाको विर्तामोड १ मा रहेको वुद्धस्मृति एजुकेशन फाउण्डेशनमा अध्ययनरत् विद्यार्थीले आफ्नो कलात्मक प्रस्तुतिद्धारा अभिभावकको मन जितेका छन् ।

विद्यालयको २४ औं वार्षिकोत्सवमा आयोजित साँस्कृतिक कार्यक्रममा विद्यार्थीले विभिन्न धार्मिक , साँस्कृतिक ,आधुनिक नृत्यका माध्यमद्वारा अभिभावकको मन जितेका हुन् ।
जय जगदिस हरे.. भन्ने आरतीद्वारा शुभारम्भ गरिएको कार्यक्रममा विद्यार्थीले राष्ट्रिय गीतमा नृत्य गरेर अतिथी , अभिभावक र दर्शकलाई स्वागत गरेका थिए ।

कार्यक्रममा नर्सरी , एलकेजी ,युकेजीमा अध्ययनरत् विद्यार्थीले राइम्स , गीत प्रस्तुत गरेर अभिभावकको मन जितेका थिए भने अन्य विद्यार्थीले मारुनी नृत्य , नेवारी नृत्य ,संगीनी नृत्य , कौडा नृत्य प्रस्तुत गरेका थिए भने स्वदेश गीत , नाटक प्रस्तुत गरेर अभिभावकको मन जितेका थिए ।

विद्यालयकी संस्थापिका कमला विमली पाठकको अध्यक्षता तथा निजी तथा आवासिय विद्यालय अर्गनाईजेशन (प्याव्सन) का केन्द्रीय उपाध्यक्ष नारायणप्रसाद घिमिरेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विद्यालयका भाइस प्रिन्सिपल अर्जुन पाठकले स्वागत गरेका थिए ।

कार्यक्रममा पत्रकारिताको माध्यमद्वारा विद्यालयको शैक्षिक उन्नयनमा योगदान पुर्याएको भन्दै पूर्वाञ्चल दैनिकका उपसम्पादक तुलसीप्रसाद निरौलालाई सम्मान गरिएको थियो भने विद्यालयमा लामोसमयदेखि कार्यरत भई हाल स्वेच्छिक अवकास लिएकी शिक्षक गिता प्रसाईंलाई सम्मान गरिएको थियो ।

विद्यालयका संस्थापक प्रिन्सिपल हरिकृष्ण पाठकले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा निजी तथा आवासिय विद्यालय अर्गनाईजेशन (प्याव्सन) का प्रदेश नं १ का उपाध्यक्ष मिलनकुमार ढुंगाना ,विर्तामोड नगरपालिका वडा नं १ का वडासदस्य प्रेमकुमार खरेललगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रमको सञ्चालन शिक्षक इनिसा पाठक र विद्यार्थीहरु विनिता सुजी , अंकिता खड्का , पवन कोइराला , स्नेहा न्यौपाने , सृजना मण्डल , एलिसा वस्नेत , असिम पाठक , विनिसा सेलिङलगायतले गरेका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here