सेनाले बुझायो भेट्टाएको एक लाख नगद

११ फाल्गुन २०७६, आईतवार मा प्रकाशित

झापा।

नेपाली सेनाका एक जवानले सडकमा भेट्टाएको एक लाख रुपैयाँ सम्बन्धित धनीलाई बुझाएका छन् ।

२१ नम्बर बाहिनी अड्डा, तोपगाछीमा कार्यरत प्युठ मेघबहादुर अधिकारीले दमक–३, फर्निचर लाइनमा बेवारिसे अवस्थामा फेला पारेको रकम सम्बन्धित धनीलाई बुझाएका हुन् । उनल गत फागुन १ गते उक्त रकम भेट्टाउने बित्तिकै इलाका प्रहरी कार्यालय, दमकमा बुझाएका थिए । प्रहरीले रकम धनी खाजि गरेको थियो ।

त्यसक्रममा शिवसताक्षी–९ का ३९ वर्षीय भिमबहादुर लिम्बु प्रमाणसहित उपस्थित भएपछि प्रहरीले उनकै हातबाट रकम हस्तान्तरण गरेको छ । रकम हस्तान्तरण गर्दा इलाका प्रहरी कार्यालय दमकका प्रमुख डीएसपी विजयराज पण्डित, श्री २१ नं. बाहिनी तोपगाछीका सेनानी प्रभातकिरण श्रेष्ठ, दमक–७ का वडाध्यक्ष भीम पौडेल लगायत उपस्थित थिए ।

हराएको रकम फिर्ता पाएपछि लिम्बुले खुशी व्यक्त गर्दै सैनिक अधिकारीलाई धन्यवाद दिएका छन् । नेपाली सेनाले समाजमा उदाहरणीय काम गर्दै सबैलाई सकारात्मक कर्म गर्न प्रेरित गरेको बताइएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here