चुडामणिको अटोरिक्सामा रमेश–बेबोको मस्ती

३ चैत्र २०७६, सोमबार मा प्रकाशित

बिर्तामोड ।

झापाको बिर्तामोडमा रहेको सुर्योदय टेलिभिजनका समाचार प्रमुख तथा मोडल रमेश तिवारी र मोडल बन्दना आर्चाय(बेबो) द्वारा अभिनित म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।

बिर्तामोडमा सोमबार एक कार्यक्रमका बीच हलेसी टेड्र लिंकका प्रबन्धक चुडामणि पौडेलको ‘अटो रिक्सामा’ नामक म्युजिक भिडियो सार्वजनिक गरिएको हो । बिर्तामोडका युवा ब्यवसायी पौडेलले दर्जनबढी गितको रचना गरिसकेका छन् ।

गायक सन्तोष शिवाको स्वरमा रहेको म्युजिक भिडियोमा टिका भण्डारीको संगित रहेको छ । निर्माता पौडेलको रचनामा तयार पारिएको म्युजिक भिडियोको निर्देशन शंकर कोइरालाले गरेका हुन् । भिडियोलाई झापा, काठमाडौँ र चितवनका विभिन्न भूगोलमा छायाङ्कन गरिएको बताइएको छ ।

भिडियोमा मोडल तिवारीलाई अटो ड्राइभरको रुपमा देख्न सकिन्छ । विदेशिएर दुःख गर्नुभन्दा नेपालमै बसेर पनि केही गर्न सकिन्छ भन्ने सन्देश म्युजिक भिडियोमार्फत दिइएको छ । भिडियोमा रमेश र बन्दनाको प्रेमलाई झल्काइएको छ ।

तेह्रथुमको छातेढुङ्गामा जन्मिएका तिवारीले दुई दर्जनबढी म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् । हाल उनी बिर्तामोडमा बसोबास गर्दै आएका छन् । अग्रज पत्रकार चन्द्र भण्डारीले म्युजिक भिडियो पर्दामा प्रकाशन गरेर ‘अटो रिक्सामा’ म्युजिक भिडियो औपचारिक रुपमा सार्वजनिक गरेका हुन् । निर्माता पौडेलको अध्यक्ष्यतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि अग्रज पत्रकार भण्डारी रहेका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष तारामणि सापकोटा, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई, उपाध्यक्ष राजु न्यौपाने, गायक सन्तोष शिवाले म्युजिक भिडियोको विषयमा चर्चा गरेका थिए । विमोचन कार्यक्रमको सञ्चालन पत्रकार तिलक योञ्जनले गरेका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here