देवभूमिमा कोभिड–१९ सम्बन्धि सचेतना कार्यक्रम

४ चैत्र २०७६, मंगलवार मा प्रकाशित

अर्जुनधारा ।

कोभिड–१९ को संक्रमणबाट जोगिन अर्जुनधारा–५स्थित देवभूमि अङग्रेजी विद्यालय अन्र्तगत रहेको इन्टर्याक्ट क्लब अफ देवभूमिको आयोजनामा सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

क्लबकी अध्यक्ष अंकिता भट्टको अध्यक्षतामा आयोजित कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुमन शर्मा जम्मरकट्टेलले कोभिड–१९को संक्रमणबाट बच्ने उपायहरुका विषयमा जानकारी गराएका थिए ।

त्यसैगरी कोभिड–१९ सम्बन्धि जानकारीमूलक सन्देश उल्लेखित सूचना बोर्ड पनि विद्यालय परिसरमा राखिएको कार्यक्रममा शिक्षक तथा विद्यार्थीसहित चार सय ५० थान मास्क वितरण गरिएको प्रधानाध्यापक राकेश कट्टेलले बताए ।

रोटरी क्लब अफ मिडटाउन बिर्तामोडले स्थापना गरेको उक्त क्लबमा ३५ जना विद्यार्थी आबद्ध छन् । त्यस्तै कार्यक्रममा देवभूमि बाल क्लब र सगरमाथा टिन्स क्लबका विद्यार्थीहरुको पनि सहभागिता रहेको थियो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here