एनआईसी एसिया बैंकद्वारा उपचारका लागि १५ लाख विमा रकम भुक्तानी

४ चैत्र २०७६, मंगलवार मा प्रकाशित

झापा,

एनआईसी एसिया बैक लिमिटेड बिर्तामोड शाखा प्रदेश १ ले आफ्ना खातावालालाई गम्भीर रोगको उपचार वापत १५ लाख रुपैयाको बिमा रकम भक्तानी गरेको छ ।


मंगलबार दमकको सिद्धिमार्केटमा रहेको शाखामा एक कार्यक्रमको आयोजना गर्दै झापा बिर्तामोडका खातावाला महेश अग्रवाललाई १५ लाखको चेक हसतान्तरण गरिएको हो ।
आग्रवाललाई एनआईसी एसिया बैङ लिमिटेडका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीले रु १५ लाखको चेक हस्तान्तरण गरे । अग्रवालको भारतस्थित मेदान्त अस्पातालमा मुटुको ओपन हार्ट सर्जरी गरिएको बताइएको छ ।
अग्रवालले एनआईसी एसिया बैङ लिमिटेडको चन्द्रगढी शाखामा सुपर चमत्कारीक डायमण्ड खाता खोलेका थिए । उनलाई उपचारमा लागेको खर्चबापत सो रकम हस्तान्तरण गरिएको हो । चेक बुझदै अग्रवालले एनआईसी एसिया बैङका कारण आफुलाई धेरै राहत भएको प्रतिक्रिया दिए ।


सहायक प्रमुख कार्यकारी अधिकृत राठीका अनुसार अहिलेसम्म देशका १ सय २७ भन्दा बढी ग्राहकहरुले बीमा बापत रु ८७ लाख भन्दा बढी रकम प्राप्त गरेका छन् । बैंकले अहिले तीन किसिमका बीमा सुविधाहरु समेटिएको न्यु सुपर चमत्कारिक बचत खाता सञ्चालनमा ल्याएको छ । जसबाट ग्राहकहरुले रु २१ लाख बराबरको सुविधा लिन पाउने बैंकले जनाएको छ ।
सो सुविधा अन्तरर्गत खातावालाहरुको दुर्घटनाबाट मृत्यु वा पूर्णरुपमा अशक्त भएमा रु १० लाखसम्म ,१८ घातक रोगहरुका लागी रु १० लाख तथा रु १ लाख सम्मको औषधी बीमा उपलब्ध गराइने बैंकले जनाएको छ । मुलुकभर ३१९ शाखा ,४५० एटिएम ,१०६ वटा एक्स्टेनसन काउण्टर तथा ५२ वटा शाखारहित बैकिङ्ग सेवा प्रदान गदै आएको बैकका प्रमुख सुचना अधिकारी सुधिरनाथ पाण्डेले जानकारी दिए ।
यस बैकका देशभर २१ लाख ग्राहकहरु रहेका छन् भने करिब ३ अर्ब १५ करोड भन्दा बढी राजश्व सरकारलाई बुझाउदै आएको छ । यस बैकले देशका अन्य बैक तथा बित्तिय संस्था नपुगेको ठाउँमा र दुर्गम क्षेत्रहरुमा पनि सेवा प्रदान गर्दै आएको छ । देशको अर्थतन्त्र बिकासमा यो बैकको भुमिका उल्लेखनिय छ भने आर्थीक बृद्धि ,रोजगारी सिर्जना ,कृषि,उद्योग,ब्यापार ब्यवसाय बिस्तारमा टेवा पुर्याएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here