सङ्कटसँग जुध्न सर्वदलीय सहमति

२४ चैत्र २०७६, सोमबार मा प्रकाशित

विराटनगर ।

प्रदेश नं १ का प्रमुख राजनीतिक दलले कोरोना भाइरसबाट बच्न जारी लकडाउनको पूर्ण पालनासहित चारबुँदे सहमति गरेका छन् ।

ती दलले सरकारी अस्पताल, शिक्षण अस्पताल र अन्य अस्पतालबाट प्राप्त हुने स्वास्थ्यसेवालाई नियमितरुपमा सञ्चालन गर्न आवश्यक व्यवस्था मिलाउन सरकारलाई आग्रह गर्दै अस्पतालले पनि सर्वसाधारण जनताको उपचारका निम्ति ध्यान दिनुपर्नेमा जोड दिएका छन् । लकडाउनलाई प्रभावकारीरुपमा कार्यान्वयन गराउन सरकार र प्रदेशवासीलाई अनुरोध गर्ने निर्णय पनि ती दलले गरेका छन् ।
लकडाउनका कारण आपूर्तिमा कमी हुनसक्ने भएकाले अत्यावश्यक खाद्यान्न सामग्री, तरकारी, खाना पकाउने इन्धनलगायत सामग्रीको उपलब्धता र न्यून आय भएका, आधारभूत जनता र समस्यामा परेकालाई राहत वितरणमा एकरुपता कायम गर्न पनि समझदारी भएको छ । यसको कार्यान्वयनका लागि स्थानीय प्रशासन, स्थानीय तह र राजनीतिक संयन्त्रमार्फत राहत वितरण गर्ने व्यवस्था मिलाउन अनुरोध गरिने भएको छ ।

प्रदेश, जिल्ला र स्थानीय तहमा सञ्चालित क्वारेन्टाइन, आइसोलेसन कक्ष, अस्पताल, कोरोना विशेष अस्पतालमा भएका काम कारवाहीको नियमित अनुगमनका लागि प्रदेश सरकारले व्यवस्थापन गर्ने र अनुगमनबाट प्राप्त सूचनाको विश्लेषण गरी सरकारलाई पृष्ठपोषण गर्ने सहमतिमा उल्लेख छ ।

सहमतिमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रदेश कमिटी अध्यक्ष देवराज घिमिरे, प्रतिपक्षी नेपाली काँग्रेसका मोरङ जिल्ला अध्यक्ष डिगबहादुर लिम्बू र प्रदेश प्रमुख प्रतिपक्ष दलका नेता राजीव कोइराला, राप्रपाका प्रदेश अध्यक्ष राम थापा, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका महासचिव अशोक चेम्जोङ र समाजवादी पार्टी प्रदेश उपाध्यक्ष राजकुमार यादवले हस्ताक्षर गर्नुभएको छ ।

राहत सामग्री हस्तान्तरण

कोरोना भाइरसको जोखिमबाट बच्न र बचाउन अवलम्बन गरिएको लकडाउनबाट विपन्न वर्गको दैनिकी सञ्चालनमा सहयोग पु¥याउन मोरङ व्यापार सङ्घ र उद्योग सङ्गठन मोरङले खाद्य सामग्री सहयोग गरेको छ ।

सम्पूर्ण आर्थिक गतिविधि ठप्प हु“दा दैनिक श्रम गरी परिवार पाल्ने वर्गलाई पर्न गएको अप्ठयारो परेका बेला ती संस्थाले रु. २४ लाख बराबरको खाद्य सामग्री उलब्ध गराएका हुन् ।

सो राहत सामग्री प्रदेश सरकार मार्फत् एक हजार ३०० पोका विराटनगर महानगरपालिका मार्फत् ३५० पोका, दुहबी नगरपालिका मार्फत् २०० पोका, बुढीगङ्गा गाउ“पालिका मार्फत् १२५ पोका र कटहरी गाउ“पालिका मार्फत् १२५ पोका वितरण हुने व्यवस्था मिलाइएको छ ।

ती सामग्री उद्योग सङ्गठन मोरङका अध्यक्ष भीम घिमिरे, मोरङ व्यापार सङ्घका अध्यक्ष प्रकाश मुन्दडाले संयुक्त रुपमा प्रदेशका मुख्यमन्त्रीलाई शेरधन राइलाई हस्तान्तरण गर्नुभएको थियो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here