नेकपा शिवसताक्षीद्धारा दुई लाख १५ हजार जम्मा,कोषमा २४ लाख नाघ्यो

0
355

विनोद सापकोटा / शिवसताक्षी ।

शिवसताक्षी नगरपालिकाको कोरोना राहतकोषमा रकम जम्मा हुनेक्रम बढेको छ । आइतबार दिउँसो नेकपा नगर कमिटीले हाल सम्मकै ठुलो परिमाणको रकम कोषमा जम्मा गरेको हो ।

पार्टीका नगर अध्यक्ष महेन्द्र भट्टराईका अनुसार २ लाख १५ हजार ५५५ रुपैंया कोषमा जम्मा भएको हो । यो संगै नगरको राहत संकलन तथा व्यवस्थापन समितिको कोषमा २४ लाख ४८ हजार ६ सय ९८ रुपैंयाँ पुगेको नगरपालिकाका सहायक सुचना अधिकारी डिल्ली नेपालले बताएका छन् ।

नेकपाले यस अघि शिवसताक्षी नगरको वडा नम्बर १,२,३,९ र १० नम्बर वडामा १ लाख ८५ हजार मुल्य बराबरको राहत वितरण गरेको थियो । यो संगै नेकपा शिवसताक्षीले कोरोना राहतमा ४ लाख ५५५ रुपैयाँ नेता कार्यकर्ताबाट संकलन गरेर खर्च गरेको छ ।

नगरका राजनीतिक दलबाट धमाधम कोरोना राहत कोषमा रकम जम्मा हुन थालेपछि स्थानीय सरकारका प्रमुख चन्द्र्रकुमार सेर्माले विपतका बेला राजनीतिक दलको सहयोग पाउँदा शिवसताक्षी नगरपालिका एक्लो नभएको महसुस गरेको बताए । उनलेभने, ‘सबै दलको सहयोगले कोरोनाको जोखिमबाट शिवसताक्षीलाई बचाउन सकिन्छ ।’ पार्टीका अध्यक्ष महेन्द्र भट्टराई, सचिव धनबहादुर थेवे लगायत जिल्ला तहका नेताले नगर प्रमुख चन्द्रकुमार सेर्मालाई चेक प्रदान गरेका थिए ।

कोरोना (कोभिड १९)को कारण लकडाउनमा परेका अतिविपन्न वर्गका नागरिकलाइ खाद्यन्न सहयोग पुर्याउन नेकपा सहितका राजनीतिक दलले कोषमा रकम जम्मा गरिरहेका छन् । यस अघि नेपाली कांग्रेसको नगर समितिले पनि कोषमा रकम जम्मा गरेको थियो ।

राहत रकम हस्तान्तरण गर्दे नेकपाको शिवसताक्षी नगर कमिटीले एक बिज्ञप्ति प्रकाशित सरकारले आव्हान गरेको लकडाउनको पुर्ण पालना कोरोना को संक्रमणबाट बच्ने एकमात्र उपाय भएको बताइएको छ ।

विश्वका मानवजातीलाई चुनौती दिदै हामीसामु यतिबेला कोविड – १९ (कोरोना भाईरस)को महामारीले विश्व भरका नागरिकलाई गम्भीर रुपमा प्रभावित गरिरहेको छ । नेपाल कोरोना भाईरसको उच्च जोखिममा अहिले पनि कायम नै छ । आइतवार सम्ममा विश्वमा १७ लाख ८० हजार भन्दा बढी मानिस कोरोना संक्रमणबाट प्रभावित भएका छन् । १ लाख ८ हजार ९ जना मानिसले यसै संक्रमणका कारण जीवन गुमाएका छन् । नेकपा शिवसताक्षीले विज्ञप्ति मार्फत मृतक प्रति श्रद्धाञ्जली र कोरोनाका कारण बिरामी परेका विश्वका नागरिकको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

मानवजातीका लागि घातक कोरोनाको संक्रमणलाई रोक्न नेपाल सरकारले मुलुकमा कोरोना भाईरसको संक्रमण फैलिन नदिन उच्च सतर्कता अपनाएको छ । सरकारले गएको चैत्र ११ गते बाट लकडाउन (बन्दाबन्दी) घोषणा गरी नागरिक हरुलाई घरैमा बस्न अनुरोध गरेको छ । सरकारले चालेको यो कदमको नेकपा शिवसताक्षीले स्वागत गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘लकडाउनका कारण विपन्न परिवारलाई खाद्यान्न र कोरोनाका संक्रमण हुनबाट बचाउने सबै क्रियाकलापमा पार्टीको तर्फबाट सहयोग पुगोस् भनेर शिवसताक्षी नगरको राहत कोषमा रकम जम्मा गरिएको छ ।’ नगरको एक द्धार प्रणालीबाट नगरका अतिविपन्न वर्गका नागरिकको खाद्यन्न सहायताका लागि पार्टी सदैव जिम्मेवार रहेको विज्ञप्तिमा उल्लेख छ ।

पार्टी नेता, कार्यकता शुभचिन्तकहरुबाट राहतका लागि संकलन गरिएको रकम मध्येबाट शिवसताक्षी नगरपालिकाको कोरोना विपत् व्यवस्थापन राहत कोष मा २ लाख १५ हजार ५ सय ५५ सहयोग रकम उपलब्ध गराएको छ । अझै पनि संक्रमण बढ्ने कुरामा नजर अन्दाज लाउने अवस्था नरहेको बिज्ञप्तिमा उल्लेख छ ।

नेकपा शिवसताक्षीले यस्तो बिषम परिस्थितिमा लकडाउनका कारण खान र स्वास्थ्य उपचारमा लागि नगरकाबासीमा कुनैपनि कदम बाँकी नराख्न शिवसताक्षी नगरपालिकालाई अनुरोध गरेको छ ।
आम नागरिक , निजि क्षेत्र ,संचारक्षेत्र र सम्पूर्ण राजनीतिक दलहरुले सरकारका यी कमदहरुलाई पूर्ण पालना गरेर कोरोना संक्रमणबाट आफुपनि बाँच्न र अरुलाई पनि बचाउने कार्यमा लाग्न हरेक नेपालीको जिम्मेवारी हो । विज्ञप्तिमा भनिएको छ, ‘कोरोना भाइरसको संक्रमितहरुको उपचारमा लाग्नु हुने स्वास्थ्यकर्मी र स्वास्थ्य सुरक्षा लागि लाग्नुहुने सुरक्षाकर्मीहरुमा सम्मान जनाउदै उहाँहरुलाई थप उत्प्रेरणा प्रदान गर्न, स्वास्थ्य र सुरक्षाकर्मीहरुलाई आवश्यक उपकरणको व्यवस्था मिलाउन तिनै तहका सरकारसंग अनुरोध छ ।’

दैनिक ज्यालादारीबाट जिविकोपार्जन गर्नेुहुने विपन्न परिवारलाई तत्काल राहतको व्यवस्था गर्न स्थानीय सरकार , निजिक्षेत्र , सामाजिक अगुवा र नेकपाका नेता कार्यकर्ता लाग्न पुःन लागि पर्न विज्ञप्ति मार्फत आग्रह गरिएको छ ।

नेकपा शिवसताक्षीले नगरमा आवद्व सबै तहका नेता कार्यकर्ता हरुलाई विश्वमा विकराल बन्दै गएको कोरोना रोगको संक्रमण फैलिन नदिन र कहीँ कसैमा देखा परिहालेमा पनि सुरक्षित तबरले उपचारको प्रबन्ध गर्न सरकारका प्रयासहरुलाई स्वयंसेवी भूमिकाका साथ आ—आफ्नो ठाउँबाट सघाउन अनुरोध गरेको छ ।

पार्टीले गरेको कोरोना विरुद्धको अभियानलाई अझ प्रभावकारी बनाउन जरुरी छ । स्थानीय सरकार ,नेपाल सरकार र सरकारका अधिकार प्राप्त निकायहरुबाट गरिएका सम्पूर्ण निर्णय, आह्वान र अपिललाई पूर्णरुपमा पालनागर्ने बिज्ञप्तिमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here