विपन्न परिवारलाई राहत उपलब्ध गराउन बिर्तामोड नगरपालिकालाई सहाराको एक लाख ७१ हजार रुपैयाा सहयोग

0
701

 

बिर्तामोड,

सहारा नेपाल सहकारी संस्था लिमिटेड बिर्तामोड– २ झापाले विपन्न परिवारका लागि राहत उपलब्ध गराउन बिर्तामोड नगरपालिकालाई एक लाख ७१ हजार रुपैयाँ सहयोग गरेको छ ।


आज बिर्तामोड नगरपालिका प्रमुख ध्रुवकुमार शिवाकोटीलाई संस्थाका तर्फबाट प्रदान गरिएको सहयोग रकम संस्थाका सहसचिव ज्ञानुनाथ मैनाली, सञ्चालक समिति सदस्य अर्जुनकुमार चुडाल, शंकर रिजाल, बिर्तामोड सहयोग समिति संयोजक राम रोक्का, बिर्तावजार संयोजक टंक दवाडीको उपस्थितिमा प्रदान गरिएको थियो । संस्थाले प्रदान गरेको रकम सहकारीका सहसचिव मैनालीले नगरप्रमुख शिवाकोटीलाई प्रदान गरिएको बिर्तामोड सेवा केन्द्र प्रमुख घनश्याम रायले जानकारी दिए ।

कोभिड १९ को संक्रमण फैलन नदिन २० दिनदेखि मुलुक लकडाउन हँुदा विपन्न परिवारलाई दैनिकी चलाउन नै समस्या परेको भन्दै सहाराले आफ्नो सामाजिक उत्तरदायित्व अन्तरगत नगरलाई सहयोग रमक प्रदान गरेको हो । रकम हस्तान्तरण गर्दै सह सचिव मैनालीले बिर्तामोडमा सहकारीका तीन वटा सेवा केन्द्र रहेको र बिर्तामोडमा जनघनत्व समेतच धेरै रहेकाले अति विपन्न परिवारलाई सहयोग पु¥याउन अन्य क्षेत्र भन्दा विर्तामोडमा बढी रकम प्रदान गरेको बताएका छन् ।

सहकारीका सदस्य रिजालले सबै गरीब तथा विपन्न परिवारका लागि चुह्लो बाल्न सहयोग पुगोस् भन्दै सहयोग रकम उपलब्ध गराएको बताएका छन् । झापासहित पूर्वका ६ जिल्लामा सहकारीले अहिले कोरोना संक्रमण रोगथाम तथा नियन्त्रण सहयोग समितिमा सहकरीले रकम प्रदान गर्दै आएको छ ।

रकम ग्रहण गर्दै बिर्तामोड नगरपालिकाका प्रमुख शिवाकोटीले विषय परिस्थितिमा भोकमारी नियन्त्रणमा सहकारीले पु¥याएको सहयोगको प्रशंसा गरेका थिए । सकम हस्तान्तरण कार्यक्रममा सहजीकरण नगरका सहकारी प्रमख डिल्ली दाहालले गरका थिए । सो समारोहमा सहकारीका बिर्तामोड सेवाकेन्द्रका जगत कार्की , गणेश उप्रेतीको मसेत उपस्थिति रहेको थियो ।

यस अघि सहकारीले झापा बहिरका सेवाकेन्द्र हरूबाट समेत मोरङ,सुनसरी ,उदयपुर, ईलाम, पाचथर जिल्लाका गाउँपालिका र नगरपालिकामा ५० हजार रुपैयाँसम्मको खाद्य समग्री बितरण गरेको सहकारीका उपनिर्देशक लक्ष्मण खतिवडा जानकारी दिए ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here