खोटाङमा गोरु काट्ने सात जना पक्राउ

५ बैशाख २०७७, शुक्रबार मा प्रकाशित

खोटाङ ।

खोटाङको हलेसी तुवाचुङ–५ मयांखु स्थितमा गोरू काटिरहेको अवस्थामा ७ जना पक्राउ परेका छन ।

पक्राउ पर्नेमा सोही स्थानमा बस्नेहरु देशबाहदुर सार्की, हिरा सार्की, सुभाष सार्की, रबिन सार्की,अमृत सार्की, सिता सार्की र लिला बहादुर खड्का रहेका छन ।

हिजो साँझ ६ बजे स्थानीयले दिएको सुचना अनुसार खटिएको प्रहरीले सातै जनालालई गोरू काटिरहेको अवस्थामा नियन्त्रणमा लिईएको ईलाका प्रहरी कार्यालय हलेसीले जनाएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here