‘विपद् व्यवस्थापनका लागि बाह्रदशीमा सबै सम्यन्त्र परिचालन गरिएको छ’

2
1162

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइसर कोभिड १९ को संक्रमण नेपालमा फैलन नदिन नेपाल सरकारले सबै संयन्त्र परिचालन गर्दै नेपाललाई लकडाउन गरेको छ । लकडाउनको यो अवधिमा स्थानीय सरकारले के गरिरहेको छ । सोही विषयमा केन्द्रीत रहेर बाह्रदशी गाउँपालिकाका सूचना अधिकारी चेतनाथ न्यौपानेसंग पूर्बाञ्चल दैनिकका सहसम्पादक सुरेन्द्र भण्डारीले गरेको काुराकानीको सम्पादित अंश ।

चेतनाथ न्यौपाने – सूचना अधिकारी – बाह्रदशी गाउँपालिका झापा

बाह्रदशी गाउँपालिकाले विवद् व्यवस्थापनका लागि के गरिरहेको छ ?

विपद् व्यवस्थापनका लागि बाह्रदशी गाउँपालिकाले गाउँपालिका भित्र रहेका सबै संयन्त्रहरु परिचालन गरेको छ । विश्वव्यापी महामारीका रुपमा रहेको फैलिएको नोवल कोरोना भाइरस कोभिड – १९ को संक्रमणको शंका लागेका व्यक्तिहरुलाई क्वारेन्टाइनमा राख्नेदेखि उनीहरुको स्वास्थ्य जाँच गर्नेसम्मको प्रवन्धका लागि गाउँपालिका जुटेको छ ।
गाउँपालिकाको तीन स्थानमा क्वारेन्टाइन निर्माण गरेर विदेशबाट फर्किएका व्यक्तिहरुलाई १४ दिनसम्म राख्दै स्वास्थ्य परीक्षण पछि मात्रै घर पठाउने व्यवस्था मिलाएका छौं । जसका लागि गाउँपालिकाले सबैसंग समन्वय गरेर महामारीको रुपमा देखा परेको कोरोना भाइरसका विषयमा जानकारी गराउने र यसबाट बच्न सकिने सावधानीका विषयलाई प्राथमिकतामा राखेर सबै वाह्रदशी गाउँपालिकावासीलाई रोगको संक्रमण मुक्त बनाउने प्रयत्न गरिरहेका छौं ।
गाउँपालिकाले कोही कसैलाई तत्काल उपचारका लागि अन्यत्र लानु परेमा पनि तयारी अवस्थामा आवश्यक सामग्री राखिएको छ । जनप्रतिनिधिहरु, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, गाउँपालिका र वडाका आवश्यक कर्मचारीहरु, स्वयंसेवकहरु यो अवस्थामा पनि सक्रिय रुपमा खटिरहनु भएको छ । कोभिड १९ सम्वन्धि जनचेतनामूलक सन्देशहरु प्रवाह भै रहेका छन् ।
विपन्न र समस्यामा परेका परिवारहरुको पहिचान गरी आवश्यक राहत सामग्री वितरण भएको छ । विभिन्न किसिमका स्वास्थ्य सामग्रीहरुको व्यवस्थापन भएको छ । औषधि पसल तथा अत्यावश्यकीय दैनिक उपभोग्य सामग्रीका पसलहरु सामाजिक दूरी कायम गरी सञ्चालनको व्यवस्था गरिएको छ ।
गाउँपालिका भित्र निर्माण गरिएका क्वारेन्टाइनमा कतिजनालाई राखियो अनि सेल्फ क्वारेन्टाइनमा कतिजना छन् ?
गाउँपालिका भित्र निर्माण गरिएका क्वारेन्टाईनमा हालसम्म ६ जनालाई राखिएकोमा १ जनाको स्वाब परीक्षण समेत गरिएको छ । उनी कोरोना भाइरस सङ्क्रमण पुष्टि भएकी युवतीसंगै कतार एयरवेजको ‘क्यूआर ६५२’विमानबाट गत चैत ४ गते नेपाल आएका थिए । उनलाई बाह्रदशी गाउँपालिकाको वडा नम्वर ३ स्थित राजगढ बजारमा अस्थायी रुपमा सञ्चालनमा आएको एस्तार हस्पिटल एण्ड रिर्सच सेन्टर प्रालिमा राखेर स्वाव परीक्षणका लागि रिपोर्ट धरान पठाइयो । उनमा कोरोनाकोृ कुनै लक्षण देखा नपरेपछि घर फर्काइएको छ । तर उनलाई अझैं सतर्कता अपनाउन चाँही भनिएको छ । उनी अहिले होम क्वारेन्टाइनमा छन् ।

चेतनाथ न्यौपाने – सूचना अधिकारी – बाह्रदशी गाउँपालिका झापा

क्वारेन्टाइनमा राखिएकाहरुको ¥यापिड टेष्ट गरियो ?

क्वारेन्टाइनमा बसेका बाँकी ५ जना सहित अन्य विदेशबाट आएकाहरु समेत गरी जम्मा ३१ जनाको ¥यापिड टेष्ट यही भयो । जसका लागि विज्ञहरुको टोली आएको थियो । त्यहाँ गाउँपालिकामा भएका स्वास्थ्यकर्मीहरु पनि परिचालन गरिएको थियो । उनीहरुले ३१ नै जनाको ¥यापिड टेष्ट गरेका छन् ।

परीक्षणका क्रममा कोरोनाको कुनै लक्षण देखियो कि देखिएन ?

विज्ञ सहितको टिमले आबश्यक उपकरण सहित गरिएको परीक्षणमा सबै रिपोर्ट नेगेटिभ आयो । यो वाह्रदशी गाउँपालिकाका लागि मात्र नभई सिङ्गो मुलुककै लागि खुशीको कुरा हो ।

गाउँपालिकाकाले कोरोना संक्रमण फैलन नदिन के गरिरहेको छ र अब के गर्न बाँकी छ ?

संक्रमण संकाष्पद व्यक्ति फेला परेको खण्डमा निजबाट अरुलाई नसरोस् भन्ने उद्देश्यले ३ वटा स्थानमा क्वारेन्टाईनको व्यवस्था गरिएको छ । गाउँपालिकाको वडा नम्वर ३ मा दुई वटा र ७ मा एउटा क्वारेन्टाइन निर्माण गरिएको छ । सबै क्वारेन्टाइनको संख्या १०÷१० वेडको रहेको छ । त्यस्तै लकडाउनको व्यवस्थालाई प्रभावकारी रुपमा पालना गर्न बाह्रदशी गाउँपालिकाबासीलाई अनुरोध गरिएको छ । गाउँपालिका भित्र रहेका बजार, मठ, मन्दिर, मस्जिद जस्ता ठाउँहरुमा हुने भिडभाडलाई पूर्ण रुपमा रोक लगाइएको छ । इटाभट्टा, चिया बगान लगायतका धेरै मानिसहरु जम्मा भई गर्नु पर्ने कामहरु रोकिएको छ ।

कति विपन्न परिवारका लागि गाउँपालिकाले राहत बितरण ग¥यो ?

गाउँपालिकाले अहिलेसम्म तीन हजार एक सय ३२ परिवारलाई पहिलो चरणमा राहत वितरण गरिसकेको छ । हामी अति विपन्न परिवारलाई पहिचान गरेर उनीहरुको आधारभूत आवश्यकता भन्न पनि अहिलेको अत्यावश्यकीय बस्तु के छ त्यो वितरण गरिरहेका छौं । जसका लागि वडा कार्यालय र गाउँपालिकाले पनि अवस्था रहेर राहत वितरण गरेका छौं । जसमा स्थानीय सहयोगमहानुभावहरुको अत्यान्त ठूलो हात छ । उहाँहरुले पनि विपन्न समुदायका विषयमा हामीलाई सूचना र जानकारी दिनुभएको छ ।

राहत सामग्रीमा के – के प्रदान गर्नुभयो ?प्रदान गरिएको राहत सामग्रीले कति खान पुग्ला ?

राहत सामग्रीमा पहिलो चरणमा चामल र नून वितरण गरिएको छ । चामल अत्यावश्यक पर्ने हामीले ठान्यौं । गाउँघरमा सागसब्जी वारीमै हुनसक्छ भनेर हामीले पहिलो चारणमा नून र चामल रोज्यौं र त्यही वाढेका छौं । हामीले प्रदान गरेको राहत सामग्रीले सधैंभरी खान पुग्ने कुरा होर्ईन । लकडाउनको समयमा उनीहरुको घरमा चुलो बलोस्, प्राण बचाउन सकियोस् भनेर हामीले केही मात्रामा ाहतको सामग्री व्यवस्थापन गरेका हौं ।

अब दोस्रो चरणमा पनि राहत सामग्री बितरण गर्न लाग्नु भएको हो ?

दोस्रो चरणको लागि सामग्री वितरण गर्न गत चैत्र २६ गते गाउँपालिकामा बसेको कार्यपालिकाको बैठकले निर्णय गरेको छ । हामी फेरि पनि गाउँपालिकावासीलाई राहत सामग्री बितरणको तयारी गरिरहेका छौं ।

बाह्रदशी गाउँपालिका भित्र कुन वडामा कति विपन्न परिवार रहेछन् ?

वाह्रदशी गाउँपालिका भित्र बसोवास गर्ने विपन्न समुदायको पहिचान गरिएको छ । जसमा अति विपन्न समुदायलाई वडा कार्यालय मार्फत जनप्रतिनिधिले र वडाका कर्मचारीले गाउँपालिकालाई जानकारी गराउनुभएको छ ।

                                    विवरण  

बाह्रदशी गाउँपालिकामा लकडाउन उल्लङ्घन र कालोवजारी गर्ने प्रवृति देखिएको छ भन्छन् नि ?

यदाकदा त्यस्तो देखिएको छ । लकडाउन उल्लङ्घन गरेको पाईएमा पहिला हामीले लकडाउन उल्लङ्घन नगर्न चेतावनी दिने गरिन्छ । पटक पटक दोहो¥याएको खण्डमा कानूनी कारवाहीका लागि हामी बाध्य हुनु पर्ने अवस्था छ । आशा छ बाह्रदशी गाउँपालिकावासीले त्यसो नगर्नु होला अबका दिनमा ।
कालो बजारी गर्न खोज्नेलाई समेत चेतावनी दिने गरिएको छ । बारम्वार यस्ता कार्य दोहो¥याएमा कानून बमोजिम कडा कारबाही गरिनेछ ।

गाउँपालिकावासीले लकडाउनको यो अवधिलाई कुन रुपमा हेरेका छन् ? सबैले किन गरिएको हो लकडाउन भन्ने बुझेका छन् ?

यो अविधलाई संक्रमणको अवधिको रुपमा हेरिएको छ । यो संक्रमण सबैले बुझेर आउन सक्ने भयावह स्थितिलाई नियन्त्रणमा लिने रुपमा हेरेका छन् । लकडाउन किन गरिएको भन्ने विषय सबैले बुझेका छन् ।

जानी वुझी लकडाउन उल्लङघन गर्नेलाई के भन्नुहुन्छ ?

यस्तो विषम परिस्थितिलाई वुझेर पनि नवुझे झैं गर्नेको ओखती त के हुनसक्छ र ? पहिला सम्झाई वुझाई गर्ने वारम्वार दोहो¥याएको खण्डमा कानूनी कारवाही नै हो । यो लकडाउनको समयमा पनि अरुको सेवामा खटिनु पर्ने व्यक्तिहरु बाहेक अरुले यो अवधिमा घर बाहिर ननिस्कनु र सरकारले गरेको अनुरोधलाई स्वीकारीदिन हुन अनुरोध गर्दछु । यो समय अरुका लागि सचेतना अपनाउन भनेको विलकुलै होइन । प्रहरीले देख्ला, गाली गर्ला भन्ने समय छैन अहिले । महामारीको समय भएकाले जसलाई पनि जतिखेर पनि रोग लाग्न सक्छ । तसर्थ सबै वाह्रदशीवासी महानुभावलाई घरमै वसिदिन अनुरोध गर्दछु ।

इ पेपर हेर्न यहाँ क्लिक गर्नुहोस् । 

https://purwanchaldaily.com/wp-content/uploads/2019/06/7-baishakh.pdf

यो पनि हेर्नुहोस् ।

बाह्रदशी गाउँपालिकाको राहत सामग्री आपूर्तिका लागि मूल्य सूचि पेश गर्ने अत्यान्त जरुरी सूचना ।

2 COMMENTS

  1. राम्राे काम काे लागि सिङ्गाे गाउपालिका लाई धन्यबाद

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here