फुङलिङ नगरपालिकाद्वारा केन्द्र सरकारलाई एक लाख सहयोग

0
559

ताप्लेजुङ,

ताप्लेजुङको फुङलिङ नगरपालिकाले कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रु एक लाख ११ हजार १११ सहयोग गरेको छ ।

विश्वव्यापीरुपमा फैलिरहेको कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि सरकारले स्थापना गरेको उक्त कोषमा जम्मा हुने गरी आइतबार प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलालाई सो रकम बराबरको चेक प्रदान गरिएको नगरपालिकाले जनाएको छ ।

सम्पूर्ण मुलुकवासीले समस्या भोगिरहेको अहिलेको विषम परिस्थितिमा सानो भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले आन्तरिक आय स्रोतबाट जम्मा भएको रकम सहयोग गरेको नगर प्रमुख छत्रपति प्याकुरेलले बताउनुभयो ।

यसअघि सामुदायिक वन उपभोक्ता महासङ्घ (फेकोफन) ताप्लेजुङले समेत केन्द्र सरकारले स्थापना गरेको कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रु ५० हजार सहयोग गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here