आर्थिक संकट टार्न रियल मड्रिडले ६ खेलाडी बेच्न

८ बैशाख २०७७, सोमबार ०६:४६ मा प्रकाशित
  • 3
  •  
  •  
  •  
  •  
  •  
  •  
    3
    Shares

एजेन्सी ।

Advertisement

रियल मड्रिडले आगामी सिजनमा पहिलो टिममा परिवर्तन गर्ने जनाएको छ । यसअघि खेलाडी अनुबन्धमा अघि रहँदै आएको रियल मड्रिडले लगातार दोस्रो सिजनमा खेलाडी बेच्ने अभियान चलाएको हो ।

आर्थिक संकट टार्न खेलाडी बेच्न खोजेको मड्रिडले जनाएको छ । कोरोना भाइरसका कारण विश्व फुटबल बजारमा ठूलो संकट आउने भन्दै मड्रिडको स्क्वाडको मार्केट भ्याल्यू पनि झण्डै १८ प्रतिशतले कम हुने बताइएको छ ।

यस्तो अवस्थामा रियलले ६ जना खेलाडीलाई बेचेर १२१ मिलियन युरो भित्र्याउन खोजेको बताइएको छ । रियल मड्रिडको पूरा स्क्वाडको मूल्य १९१ दशमलव ५ मिलियन युरो छ । यसमा बेल र जेम्स रोद्रिगेजका लागि ३२–३२ मिलियन, भाज्क्वेज र ओद्रिजोलाका लागि १६–१६ मिलियन, मारियानोका लागि १३ मिलियन र नाचोका लागि १२ मिलियन मूल्य तोकिएको छ ।

यी खेलाडीलाई बेचेमा पारिश्रमिक बापतको वार्षिक ७५ मिलियन युरो रियलले बचाउनेछ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here