७२ घण्टा पैदल हिडेर होम क्वारेन्टाईनमा

0
658

विमल दहाल,

माई इलाम,
मजदुरीका लागि बर्दिबास गएका माईका नौ जना युवाहरु ७२ घण्टाको पैदल यात्रा पछी घर आई पुगेका छन ।
बर्दिबास स्थित दिवा कन्ट्रक्सन मार्फत बाटोमा काम गर्न गएका माई ८ का ती युवाहरु रात दिन गरेर घर आई पुगेको बताएका छन ।

उनीहरुलाई घर आए पछी वडा कार्यालय, सुरक्षा निकाय र स्वास्थ्य कार्यालयले माईको क्वारेन्टाईनमा आज ल्याएको थियो । काममा गएका उनीहरुलाइको स्वास्थ्य जाँच गरी आजै होम क्वाराईटाईनमा रहने गरि पठाईएको स्वास्थ्य संयोजक पुष्कर कट्टेलले बताँउनुभयो ।


यसै बिच भारतबाट एक महिना अघि झापा आएकी एक महिलालाई समेत क्वाराईटाईनमा ल्याई स्वास्थ्य परिक्षण पछी होम क्वारेन्टाईनमा पठाईएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here