मनकारी ‘मेयर’ यसरी गरे उद्धार

0
975

विनोद सापकोटा / झापा ।

गोपाल भट्टराई शिवसताक्षी नगरपालिका वडा नम्बर २ का बासिन्दा हुन् । उनि काठमाण्डौंको एक कन्स्टूक्सन कम्पनीमा मजदुरका रुपमा काम गर्थे ।

कोरोना (कोभिड १९) को संक्रमण फैलन नदिन सरकारले मुलुकमा लकडाउन गर्यो । लकडाउन पछि पनि भट्टराई आफुले बहालमा लिएको कोठामा बसिरहे । लक डाउन अघि काम गरेको पैसाले जसोतसो खाद्यन्न खरिद गरेर दैनिक जीवन गुजारा गर्दे थिए । लकडाउनको १६ दिन सम्म त उनको कोठामा खाना पकाउने ग्यास र चामल थियो । जब १७ दिन बित्यो अनि ग्यास र चामल एकै पटक सकियो ।

उनिबसेको ठाँउबाट धेरै टाढा ठेकदारको घर थियो । पटक पटक फोन गरे । उनले चामल ग्यास सकिएको सुनाए । अनुनय विनय गरेर पैसा मागे । ठेकदारले भट्टराईको कुरा त सुने तर उनको माग अनुसारको सहयोग गर्न आनाकानी गरे । लक डाउन भएका बेला बाहिर निस्कनु हुदैन भन्ने उनलाई जानकारी थियो । उनि कोठा मै बसे । ग्यास र चामल कोठामा सकिएपछि र साहुले वास्ता नगर्दा उनलाई ठलो फसाद पर्यो ।

उनले सोचे । घर जाने खर्च पनि छैन । फेरी झापा, काठमाण्र्डौबाट धेरै टाढा पनि त हो ? उनले आफ्नै वडा का अन्य आफु जस्तै काम गर्ने साथीसंग सल्लाह मागे । उनिसंग घर जानुको बिकल्प थिएन । हिडेर जान सक्ने अवस्था छैन । मुलुक लकडाउनमा छ । लकडाउनको अवज्ञा गरेको भन्दै कतिपय ठाँउमा सर्वसाधरणले प्रहरीको कुटाई खाएको समाचार पनि सामाजिक संञ्जालबाट उनिहरुले थाहा पाएका थिए । अ हँ । यस्तो बेला घर जानु हुदैन भन्दै अन्य साथीले उनलाई सम्झाउने प्रयास गरे । खालि पेट कति बस्नु ? साहुले पैसा पनि दिएन । उनले साथी हरुलाई भने ‘तिमिहरु जाने हो भने हिड । नत्र म चै भोलि बिहान घर जान्छु ।’ भट्टराईले यतिमात्र के भनेका थिए, सबैजना घर जाने तयारीमा जुटे ।

भट्टराई घर पुग्दा हामी पनि त पुग्छौ नि भन्दै वडा नम्बर २ कै चन्द्र तामाङ लगायत ८ जना बैसाख १ गते काठमाडौंबाट मध्य पहाडी राजमार्ग हुदै हिडे । काठमाण्डौबाट हिडेपछि उनले आफन्त लाई कुनै खवर गरेनन् । ६ दिनको पैदल यात्रा पछि उनिहरु उदयपुरको रामपुर आईपुगेको कुरा वडा अध्यक्ष कुलवहादुर बस्नेतका कानमा पस्यो । वडा अध्यक्षले उनिहरुलाई सम्पर्क गरे । पहिलो सम्पर्कमै वडा अध्यक्षले उनिहरुको मलिन आवाज सुन्न सकेनन् । वडा अध्यक्ष बस्नेतले मनमनै कल्पना गरे । उनिहरुको तत्काल उद्धार गर्नु मेरो प्रमुख कर्तव्य हो ।

वडा अध्यक्ष कुलबहादुर बस्नेतले सामाजिक संजाल फेसबुक मार्फत शिवसताक्षी नगरका कोहि पनि नागरिक कहि कतै अभर परेको भए हामीलाई खवर गरि सेवा गर्ने मौका दिन अनुरोध पनि गरेका छन् ।

हेर्नुहोस वडा अध्यक्ष वस्नेतको स्ट्याटस

‘उनिहरु ६ दिन सम्म हिडेर आउँदा खुट्टा सुन्निएको, पैतालामा घाउ हुन थालेको र गोजीमा पैसा नभएका कारण केहि खान नपाएको कथाले मेरो मन कुडियो । मेयर साहेवलाई उनिहरु अलपत्र परेको कुरा जानकारी गराए । वहाँले तत्काल ‘रेस्क्य’ु गर्नुपर्ने भन्दै फोन घुमाउन थाल्नु भयो,’ वडा अध्यक्ष बस्नेतले भने । ‘नभन्दै झापाका प्रमुख जिल्ला अधिकारीले उनिहरुलाई उद्धारका लागि सवारी पासको अनुमती दिनुभयो ।’

शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार सेर्मा आफै २ वटा गाडी लिएर आइतबार दिउसो १ बजे कार्यकक्षबाट निस्किए । नगर प्रमुखका साथमा वडा अध्यक्ष बस्नेत पनि साथै गए । उदयपुरको रामपुर मा उनिहरुलाई भेट्दा नगरप्रमुख सेर्मा निकै भावुक भए । आफुले लगेको दुईवटा गाडीबाट नगर प्रमुख सेर्माले उनिहरुको उद्धार गरे ।

उदयपुरको वेल्का नगरपालिकाका प्रमुखले उनलाई आईतवार बिहान खाना ख्वाएका थिए । शिवसताक्षीका नगर प्रमुखले आफ्ना नगरका नागरिक वेल्का नगरपालिका आईपुगेको थाहा पाएपछी त्यहाँका नगरप्रमुख दुर्गा थापालाई आफ्ना नागरिकको रक्षा गर्न अनुरोध गरेका थिए ।

लकडाउनका कारण बाटोमै अलपत्र परेका आफ्ना नगरका सर्वसाधरण नगरप्रमुखले उद्धार गरेको झापामा यो पहिलो हो । स्थानीय बासिन्दा भन्छन, ‘नगरप्रमुख को यो गुन कहिल्यै बिर्सन सकिन्न ।’ दुःखका बेला नगरप्रमुखले देखाएको यो सदाशय भुल्न नसकिने भन्दै गोपाल भट्टराईले भने, ‘रोगले भन्दा पनि भोकले मर्ने अवस्था थियो । मेयर साहेव र वडा अध्यक्ष कुलवहादुर वस्नेतले गुम्न लागेको प्राण बचाई दिनुभयो । उहाँहरु साच्चिकै मनकारी हुनुहुदो रहेछ ।’

उद्धार गरिएका ८ जनालाई शिवसताक्षी नगर स्तरीय क्वारेन्टाइनमा राखिएको छ । उनिहरुको आरडिटी गरेपछी घर पठाउने योजना रहेको शिवसताक्षी नगरपालिकाले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here