झापा ।

बिकास निर्माणका कार्यमा सधैं चासो राख्ने झापा निर्वाचन क्षेत्र नम्बर ४ का संघीय साँसद लालप्रसाद (एल पि) साँवा लिम्बु सर्वसाधरणको स्वास्थ्यमा पनि उत्तिकै चासो राखेका छन् ।
सांसद लिम्बुले संघीय सरकारले प्रदान गरेको निर्वाचन क्षेत्र तथा पुर्वाधार बिकास बजेटलाई आफ्नो निर्वाचन क्षेत्रका आवश्यकीय ठाँउमा परिचालन गरि सर्वसाधरणबाट हाइहाइ कमाएका थिए । बिकास निर्माण संगै मुलुक संकटमा परेको बेला आफ्नो निर्वाचन क्षेत्रका नागरिकको स्वास्थ्यमा गम्भिर चासो राखेका सांसद लिम्बुले कोरोनाको संक्रमणबाट बच्न पनि निर्वाचन क्षेत्रका नागरिकलाई स्वास्थ्य सामग्री प्रदान गर्ने बताए ।
आइतबार काठमाण्डांैबाट झापा आएका सांसद लिम्बुले निर्वाचन क्षेत्रका झापा गाँउपालिका, कनकाई नगरपालिका, शिवसताक्षी नगरपालिका, गौरिगञ्ज गाउपालिकाको वडा नम्बर १ र २ र गौरादह नगरपालिका वडा नम्बर ९ का लागि मेडिकल माक्स र सेनिटाइजर कोसेली लिएर आएका थिए । सोमबार व्यस्तताका कारण वितरण गर्न नसकेका सांसद लिम्बुले मंगलबार पालिकाका प्रमुख र वडाका अध्यक्षलाई स्वास्थ्य सामग्री प्रदान गर्ने बताए् ।
सांसद साँवाले आफ्ना निर्वाचन क्षेत्रका २८ वटा वडामा १ हजारका दरले मेडिकल माक्स प्रदान गर्ने छन् । यस्तै २ सय थान सेनिटाइजर प्रदान गर्ने बताएका छन् । बजारमा अभाव देखिएका ले पर्याप्त सेनिटाइजर खरिद गर्न नपाएका सांसदले पहिलो चरणका लागि सेनिटाइजर वितरण गर्न लागेका हुन् ।

सांसद साँवाले यसअघि संघीय सरकारले स्थापना गरेको कोरोना राहत कोषमा आफुले सांसद सचिवालयबाट पाउने एक महिनाको सुबिधा जम्मा गरेका थिए । यस्तै, नेकपा शिवसताक्षी नगरपालिकाले नगरको कोषमा जम्मा गरेको नगद राहतमा पनि २५ हजार प्रदान गरेको सांसद साँवाका स्वकीय सचिव सिकीन पासवानले बताएका छन् । यस्तै झापा गाँउपालिकामा पनि साँसद साँवाले २५ हजार प्रदान गरेका थिए ।
साँवाका अनुसार कनकाई, शिवसताक्षी र झापा गाँउपालिकाको राहत कोषमा पुन १५÷१५ दिनको सुविधा जम्मा गर्ने बताए । यो संगै सांसद साँवाले १०५ दिनको संसद सचिवालय बाट पाउने सांसद सुविधा कोरोना राहत कोषमा जम्मा गरेका हुन् ।
सांसद सांवाले कोरोनाका कारण अन्नपात सकिएर भोकै बस्नुपर्ने अवस्था भएका आफ्ना निर्वाचन क्षेत्रका अति विपन्न वर्गका नागरिकलाई स्वकिय सचिव सिकीन पासवान र कनकाई नगरका रविन गुप्ता मार्फत नाम टिपाउन समेत आग्रह गरे । उनले भने, एक द्धार प्रणालीबाट राहत वितरण हुने कुरामा सन्देह छैन ।’
बन्दाबन्दीका कारण झापा निर्वाचन क्षेत्र नम्बर ४ का कोहि पनि सर्वसाधरण अलपत्र हुनुहुन्छ भने उद्धारका लागि आफ्नो सचिवाय मा सम्पर्क राख्न सांसद साँवाले अनुरोध गरेका छन् । ‘लामो समयको लकडाउनका कारण टाढाबाट घर आउदै हुनुहुन्छ र बाटोमा अलपत्र पर्नुभएको छ भने स्वकीय सचिव पासवानको मोवायल नम्बर ९८०६०२०३९९ मा सम्पर्क गर्नुहोस । मेरो सचिवालयले तत्काल उद्धार गर्ने छ,’ उनले भने ।


























