खोटाङ,
कोभिड १९ रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समितिले खोटाङ जिल्ला आवतजावतमा पूर्ण रोक लगाउने निर्णय गरेको छ ।
कोरोना (कोभिड-१९) रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समिति खोटाङको नवौं बैठकले खोटाङ जिल्ला भएर हुने आवतजावतलाई पूर्णरुपमा रोक्ने निर्णय भएको जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबी चाम्लिङले जानकारी दिनुभयो ।
मंगलबार बिहान लगातार चार घण्टाभन्दा बढी समयसम्म बसेको बैठकले गहन छलफल गरेर कम्ती एक हप्ताको लागि छिमेकी जिल्लामा आवतजावत पू गर्ने निर्णय भएको चाम्लिङले बताउनुभयो । पछिल्लो समय बाहिरी जिल्लाबाट हिँडेर खोटाङ प्रवेश गर्ने क्रम बढेपछि सबै पालिकाका प्रमुखहरुसहित प्रमुख जिल्ला अधिकारी र समन्वय समितिका प्रमुख समेतको उपस्थितिमा जिल्लामा हुने आवत जावतलाई रोक्ने निर्णय भएको हो ।
खोटाङमा जिल्ला समन्वय समितिको प्रमुखको संयोजकत्वमा कोभिड-१९ रोकथाम तथा नियन्त्रण जिल्ला स्थीत समिति गठन भएको छ ।































