सुत्केरी र गर्भवतीलाई राहत वितरण

१७ जेष्ठ २०७७, शनिबार मा प्रकाशित

चिप्लेढुङ्गा,

बन्दाबन्दीले समस्यामा परेका पोखरा–९ का ४२ सुत्केरी, गर्भवती, असहाय र एकल महिलालाई ‘माइला कान्छा अभियान’बाट राहत वितरण गरिएको छ । टोल विकास संस्था वडा नं ९ समन्वय समितिका अध्यक्ष उत्तम श्रेष्ठको रोहबरमा अभियानकर्मी माया गुरुङ र पार्वती गुरुङले एक बोरा चामल र तेल गरेर ६५ हजार मूल्य बराबरको राहत सामग्री वितरण गर्नुभएको हो ।

युके निवासी माया र पार्वती गुरुङ नेपाल आएलगत्तै बन्दाबन्दीमा परेपछि समस्यामा परेका विपन्न परिवारलाई अभियानमार्फत राहत सङ्कलन गरेर वितरण गर्दै आउनुभएको छ । पोखरा महानगरपालिका— ९ स्थित प्रदर्शनी केन्द्रमा ३० जनालाई र राहत लिन आउन नसकेकालाई घरमै पु¥याएर सहयोग वितरण गरेको अभियानका एक सदस्य माया गुरुङले बताउनुभयो ।

उहाँले भन्नुभयो, “जीवनयापन सहज हुन सकिरहेको छैन, आपत् विपत्मा परेकाहरुको कष्टकर जीवनलाई देखेपछि हामीले सहयोग अभियान शुरु गरेका थियौँ, यसमा निरन्तररुपमा युके निवासी सामाजिक व्यक्तिहरुले आर्थिक सहयोग गर्दै आउनुभएको छ । हामी लक्षित वर्गसम्म पुगेर सहयोग गरिरहेका छौँ ।” उहाँले अहिलेको सहयोग युके निवासी इन्द्रकुमारी र शिवकुमारी गुरुङले सङ्कलन गरेर रु ६५ हजार पठाएकोे जानकारी दिनुभयो ।

अभियानका अर्का सदस्य पार्वती गुरुङ मानवीय सेवा नै धर्म भएको बताउनुभयो । “कोरोना त्रासले मानवीय जीवन नै सङ्कटमा पर्दैछ, रोगले भन्दा पनि भोकले मरिने समस्या देखिन थालेको छ । राहत वितरणमा हिँड्दा पनि उत्तिकै जोखिम छ । यो हाम्रो पाँचौँ चरणको अभियान हो । सकेको सहयोगमा जुटेका छाँै”, उहाँले भन्नुभयो ।

राहत वितरणको समन्वय गर्नुभएकी काँग्रेस नेतृ सरस्वती गुरुङले अहिलेको जटिल अवस्था महिला सुत्केरी, गर्भवती, असहाय, अपाङ्गता भएको व्यक्ति, एकल महिला बढी प्रभावित भएको बताउनुभयो । महिलाको वास्तविक अवस्था महिलाले नै बुझ्न सक्ने भन्दै माइला कान्छा अभियानका माया र पार्वती गुरुङ विशेष धन्यवादको पात्र भएको उहाँले बताउनुभयो ।

हालसम्म रु १५ लाख मूल्य बराबरको सहयोग गरेको अभियानले जनाएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here