लकडाउनमा पनि कालोपत्रेको काम धमाधम / स्थानीय सरकारद्वारा अनुगमन

१७ जेष्ठ २०७७, शनिबार मा प्रकाशित

मेचीनगर,

लकडाउनकाबीच पनि झापाको मेचीनगरको भृकुटी चोक देखि बौद्घमोडसम्मको सडकमा कालोपत्रे काम धमाधम भइरहेको छ । शहरी विकास मन्त्रालयको एकीकृत वस्ती विकास कार्यक्रम अन्तर्गत ४ किलो मिटर बाटो कालोपत्रे गर्ने काम निर्वाध ढंगले सञ्चालन भइरहेको छ । सधन शहरी विकास तथा भवन निर्माण आयोेजना कार्यान्वयन गर्ने निकाय हो ।

अहिले कालोपत्रेलगायत अन्य कुनै पनि काम नरोकिएको आयोजना प्रमुख इञ्जिनियर राजेन्द्र खतिवडाले जानकारी दिनुभयो । अहिलेसम्म कालोपत्रे गर्ने काम ८० देखि ८५ प्रतिशत सम्पन्न भइसकेको उहाँको भनाई छ । बाकी काम तीव्ररुपमा भइरहेको र जेठ मसान्तभित्रमा सकिने उहाँले जानकारी दिनुभयो । सामाजिक दुरी कायम गदैें सुरक्षा साम्रीको भरपुर प्रयोग गरी मजदुरहर परिचालन गरिएको छ ।

२०७६ चैत मसान्तमा निर्माण कार्य सम्पन्नगर्ने सम्झौता भएपनि हालको अवस्थाका कारण निर्धारित समयमै काम सम्पन्न हुन नसकेको र जेठ मसान्तभित्रमा निर्माणका सवै कार्य सम्पन्न हुने निर्माण कम्पनि खनाल कन्ट्रक्सनका प्रवन्ध निर्देशक डिल्ली खनालले जानकारी दिनुभयो । कालोपत्रे प्रिमिक्स कार्पेटिङ रहेको यसको मोटाई ४ सेन्टिमिटर ४० मिलिमिटर रहेको इञ्जिनियर खतिवडाको भनाई छ ।


२०७६ असार २२ गते सम्झौता भएको उक्त योजनाको कुल लागत मुल्य अभिवृद्घि भ्याट बाहेक २ करोड ५९ लाख ३७ हजार ८ सय ५० रुपैयाँ रहेको छ । उक्त योेजनाको शनिबार मेचीनगर नगरपालिकाले नगरप्रमुख विमल आचार्य उपप्रमुख मीना पोखरेल उप्रेतीले स्थलगत अनुगमन र निरीक्षण गदैं सधन शहरी विकास तथा भवन निर्माण आयोेजना, निर्माण कम्पनि, जनप्रतिनिधिलगायत स्थानीयवासीसँग छलफल गर्नुभएको थियो ।

नगरप्रमुख आचार्य र उपप्रमुख उप्रेतीले विकास निर्माणका काम गुणस्तर हुनुपर्ने र परिमाण भन्दा पनि परिणामुखी र स्थानीयवासीले चाहे अनुसारको हुनुपर्ने बताउनुभयो । गुणस्तरमा कुनै सम्झौता नगरी योजनालाई अघि बढाउन समेत दुवैजनाले जोड दिनुभयो । हस्तानतरण गरेको समयदेखि एकवषर्मसम्म सडकमा कुनै समस्या आए निर्माण कम्पनिले निःशुल्करुपमा त्यसको मर्मत तथा सम्भार गर्ने कम्पनि खनाल कन्ट्रक्सनका प्रवन्ध निर्देशक डिल्ली खनालले प्रतिवद्घता व्यक्त गर्नुभयो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here