२०७७ जेठ १८ गते आइतबारको राशिफल

१७ जेष्ठ २०७७, शनिबार मा प्रकाशित

मेष– अस्वस्थ शरीर लिएर काममा जुट्नुपर्ने अवस्था आउन सक्छ । बाध्यात्मक परिस्थितिले इच्छाशक्ति कुण्ठित हुनेछ ।

वृष– आफ्ना कमजोरीको फाइदा उठाउनेहरू सक्रिय हुनेछन् । व्यापारिक लगानीमा जोखिम बढ्न सक्छ । गोपनीयता भंग हुनुका साथै धन बाहिरिन सक्छ ।

मिथुन– स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला । नतिजा सच्याउन काम दोहोर्याउनुपर्ला । संयम रहनु पर्ला ।

कर्कट– परिस्थिति अनुकूल रहनेछ भने लगनशीलताले लक्ष्यमा पुर्याउनेछ । छोटो समयमा फाइदा उठाउन सकिनेछ ।

सिंह– सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ । विशेष उपहार प्राप्त हुन सक्छ । परिवारजनको साथले उत्साह जगाउनेछ ।

कन्या– मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुने समय छ । व्यापारको बहानामा रमाइलो यात्रा हुन सक्छ ।

तुला– हिम्मतले काम लिँदा चिताएको काम बनाउन सकिनेछ । स्रोतसाधन जुट्नाले नयाँ काम थालनी हुनेछ ।

वृश्चिक– केही सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । वैधानिक प्रावधानले केही अप्ठ्यारो पार्नेछ ।

धनु– अधिकार सुरक्षा गर्न जुट्नुपर्नेछ । केही चुनौतीहरू देखिनेछन् । सानातिना काममै अल्झनुपर्नेछ भने पहिलेका समस्या दोहोरिन सक्छन् ।

मकर–अवसर आए पनि नयाँ काममा हात हाल्नुअघि विचार पुर्याउनुहोला । समयको गतिलाई पछ्याउन नसक्दा दुःख पाइनेछ ।

कुम्भ– परिस्थितिसँग सम्झौता गर्नुपर्ला। पेटको खराबीले स्वास्थ्य कमजोर हुन सक्छ । गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ ।

मीन– प्रयत्न गरेका काम सम्पादन हुनेछन् । अध्ययनको उपलब्धिले बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । आनन्दको अनुभूती होला ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here