छोरीका बाबु बने गायक प्रमोद खरेल

३ असार २०७७, बुधबार मा प्रकाशित

काठमाडौं ।

चर्चित गायक प्रमोद खरेललाई पुत्री लाभ भएको छ । आज बिहान छोरी जन्मेसंगै प्रमोद बाबु बनेका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आफु छोरीको बाबु बनेको जानकारी गराएका हुन् । उनले घरमा लक्ष्मीको आगमन भएको बताएका छन् ।

उनले फेसबुकमा भनेका छन् – जीन्दगीले अर्को खुशीको आकाश छोएको छ,
घरमा लक्ष्मीको आगमन भएको छ ।
तर,
भ्यान्टिलेटरमा ६ दिन (१४५ घण्टा)को कठिन संघर्ष पछि बल्ल उनी हाम्रो काखमा आइपुगिन,तनावग्रस्त अवस्थाले रुनु न हास्नु भयौं, सबैसँग खुशी बॉडने असीमित चाहना हुँदाहुदै पनि सकिएको थिएन, न त दुखै साटन सकियो। खुशी पक्कै आउँला भनेर हरेस खाइएन, डा. नुतन शर्मा डा. शिव चालिसे डा. गणेश शाह लगायत अल्का हस्पिटल टिम, शुभेच्छुक,भगवान र प्रार्थना गरिदिनु हुने सबैप्रति आभारी छौं ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here