चर्चित गायक नरेश खातीको गीतले दर्शकको मन जित्दै

३ असार २०७७, बुधबार मा प्रकाशित

काठमाडौं ।

लोकगायक नरेश खातीको ‘माया मारेर’ बोलको गीतले दर्शक श्रोताले मन पराएका छन् । स्वयंम खाती र गायिका समीक्षा अधिकारीको स्वर रहेको उक्त गीत युट्युबमा सार्बजनिक गरिएको छ ।

५ जुनमा सार्वजनिक भएको यो गीतले समाचार तयार पार्दासम्मि माथि उल्लेख गरिएको दर्शक पाएको हो । उक्त गीतमा धेरै कलाकार एवं प्रयोगकर्ताले टिकटक समेत बनाएका छन् ।

माया र प्रेममा परेपछि छुट्न कति कठिन हुने सन्दर्भलाई उत्कृष्ट तरिकाले प्रस्तुत गर्न खोजिएको गीतको म्युजिक भिडियोको निर्देशन पनि गायक खातीले नै गरेका छन् ।

भिडियोको सम्पादन मनोज कार्कीले गरेका हुन् । गीतको भिडियोमा कमल ढुंगाना, रुपेश आले मगर, जेम थापा, बलबहादुर, नरेश खाती र समीक्षा अधिकारीलाई देख्न सकिन्छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here