विवादमा नागरिकता

९ असार २०७७, मंगलवार मा प्रकाशित

 

लक्ष्मीप्रसाद ढकाल

 

नागरिकता ! नागरिकता !! नागरिकता !!!
विवादैविवादमा नागरिकता !
हिजो पनि विवाद , आज पनि र भोलि पनि विवाद ?
अचम्म लाग्छ , नेपालको कानुन बनाउनेले जानून् ।
तर कानुन अन्धो , लङ्गडो र बैरो चाहिँ नबनाऊन् ।

कहिले वंशज नागरिकताको विवाद
कहिले अङ्गीकृत नागरिकताको विवाद
देशभित्रको चिन्ताभन्दा विदेशी चिन्तामा
हिजो पनि विवाद , आज पनि र भोलि पनि विवाद ?
अचम्म लाग्छ ,कानुन अन्धो र हात लामो भएको देख्दा।

नागरिकता राज्यको अंश होइन
वंशजको नाताले पाउने नैसर्गिक अधिकार हो
अङ्गीकृतका नाताले पाउने नैसर्गिक अधिकार हो
सम्मानार्थ नागरिकता त राज्यले दिएको सम्मान न हो
अधिकार पाएपछि कर्तव्यको पनि पालना गर्नुपर्छ ।

हो , विदेशी नागरिकलाई सम्मान गर्नुपर्छ
अङ्गीकृत नागरिकता दिनुपर्छ , ` अतिथि देवो भव ´
दुई मत होइन , एक मत सर्व स्वीकार्य नै हो
विदेशमा कतै ग्रिनकार्ड , कतै पी .आर

अनि मात्र नागरिकता दिनुको कारण अध्ययन गरौं न एकपटक ।

के हामी अरु देशको ग्रिन कार्ड र पी . आर जस्तो
नेपाली कार्ड बनाउन सक्तैनौ ?
नेपाली `हिमालय कार्ड ´बनाउन सक्दैनौ ?
नेपाली `सगरमाथा कार्ड ´बनाउन सक्दैनौ ?
सक्छौँ भने शुभकार्यमा ढिला किन ?

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here