झापामा सलह किरा भेटिए प्रति किलो ५० रुपैयाँका दरले बुधबारे जेसीजले खरिद गर्ने

१५ असार २०७७, सोमबार २०:५९ मा प्रकाशित
  • 157
  •  
  •  
  •  
  •  
  •  
  •  
    157
    Shares

बुद्धशान्ति ।

Advertisement

बुधबारे जेसीजले झापामा सलह किरा देखिए किसानले संकलन गरेको सलह किरा प्रति किलो ५० रुपैयाँका दरले किनिदिने भएको छ । `किसानका लागि जेसीज´ भन्ने अभियान अन्तर्गत सो कार्य गरिने भएको हो ।

बुधबारे जेसीजकाे सोमबार सम्पन्न बोर्ड बैठक तथा क्यालेन्डर बिमोचन कार्यक्रममा सो निर्णय भएको हो । सलह किरा नेपाल भित्रीसकेको अवस्थामा झापामा पनि त्यसबाट हुन सक्ने क्षतिबाट किसानलाई राहत मिलोस भन्ने उदेश्यले बुधबारे जेसीजले साे निर्णय गरेको बुधबारे जेसीजका अध्यक्ष जेसी नन्दकुमार याफु राईले बताउनु भयो ।

बैठकले झापामा संचालित `एकका लागि एक´ कार्यक्रमलाई सफल बनाउन आर्थिक सहयोग गर्ने निर्णय पनि गरेको छ । लकडाउनको समयमा बुधबारे जेसीजले एक दर्जनभन्दा बढी परोपकारी काम सम्पन्न गरिसकेको छ ।

क्यालेन्डर बिमोचन समेत गरिएको कार्यक्रममा नेपाल कृषिप्रधान देश भएकाे र सलह किराले किसानलाई ठूलाे क्षति पुग्न सक्ने तर्फ सबै सम्बन्धित निकाय सचेत र सजग हुन जरुरी भएको निचाेट निकालिएको छ ।

बुद्धशान्ति-२ का वार्ड अध्यक्ष दिलिप श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न भएको क्यालेन्डर बिमोचन कार्यक्रम जेसी तिर्थ तिम्सिनाको संयोजकत्व र अध्यक्ष राईको सभापतित्वमा सम्पन्न भएको थियो ।

कार्यक्रममा बुधबारे जेसीजका पूर्व अध्यक्षहरू जेसी सेवन्त पोख्रेल र जेसी प्रकाश भण्डारी, कानुनी सल्लाहकार जेसी मुकेश भट्टराई, कार्यकारीणि उपाध्यक्ष गजुहाङ योङ्हाङ, उपाध्यक्ष सुजित बराल सचिव अनिल वाग्ले, लगायतकोआतिथ्यता थियो । कार्यक्रम महासचिव जेसी दिपेन सिटाैलाले संचालन गर्नुभएको थियो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here