पीसीआर ल्यावका लागि जनस्तरवाट एकैदिन जुट्यो छ लाख १३ हजार ( भिडियो सहित )

१७ असार २०७७, बुधबार मा प्रकाशित

 

तुलसीप्रसाद निरौला

विर्तामोड ,

‘एकका लागि एक’ अभियानको अगुवाईमा जनस्तरवाट  झापाको कोटिहोमस्थित समर्पण राष्ट्रिय भवनमा स्थापना हुन लागेको कोरोना भाइरस परीक्षण गर्ने पीसीआर परीक्षण प्रयोगशालाका लागी बुधवार एकैदिन छ लाख १३ हजार रुपैयाँ सहयोग जुटेको छ ।

 

सहारा नेपालसहित २८ वटा विभिन्न सामाजिक संघसंस्थाको सहभागितामा सुरु गरिएको ‘एकका लागि एक’ अभियानको अगुवाईमा जनस्तरवाट कोरोना भाइरस परीक्षण गर्ने पीसीआर परीक्षण प्रयोगशालाका लागी विभिन्न संस्था तथा दाताहरुले बिर्तामोडमा आयोजित एक कार्यक्रमकाबीच उक्त रकम हस्तान्तरण गरेका हुन् ।


‘एकका लागि एक’ अभियानका संयोजक महेन्द्रकुमार गिरीको अध्यक्षतामा भएको कार्यक्रममा ‘एकका लागि एक’ अभियानका सहसंयोजक विनोद बस्नेतले स्वागतसहित अभियानका वारेमा जानकारी गराएका  थिए ।
कार्यक्रममा मेची पेट्रोलियम डिलर्स एसोसिएसनको तर्फबाट दुई लाख ५१ हजार, नेपाल पेट्रोलियम राष्ट्रिय डिलर्स एसोसिएसनबाट ५१ हजार, पूर्वाञ्चल ट्यांकर ढुवानी व्यवसायी संघबाट २५ हजार प्रदान गरिएको छ ।
मेची पेट्रोलियम डिलर्स एसोसिएसनका पूर्व अध्यक्षहरु चन्द्र डाँगी, प्रेम दाहाल, अध्यक्ष नविन कोइराला र कोषाध्यक्ष अमित सरियाले उक्त रकमको चेक हस्तान्तरण गरेका थिए ।

 

त्यस्तै बिर्तामोड–४ निवासी गोमेन्द्र महाविद्यालय कलेजका संस्थापक शिक्षासेवी गणेशप्रसाद खनाल र बुध खनालले एक लाख ११ हजार रुपैयाँ प्रदान गरेका छन् । त्यसैगरी  बिर्तामोड–१ निवासी क्याप्टेन जगनध्वज लिम्बू र कृष्णकुमारी लिम्बूले ५१ हजार, पोपर्टी डिलर्स एसोसिएसनका केन्द्रीय सदस्य तथा झापा गोल्डकपका सदस्य  बिर्तामोड–५ निवासी चन्द्र कट्टेल र निरा कट्टेलले २१ हजार, बिर्तामोड –३ स्थित मदरसा तालिमल कुरानका अध्यक्ष अफरोज खानले २१ हजार र खेलकुद प्रशिक्षक बिर्तामोड–१ निवासी डिके गुरुङले १० हजार रुपैयाँ प्रदान गरेका छन् ।


त्यसैगरी मंगलवार शिवसताक्षी – ८ लालझोडा निवासी तथा हाल दक्षिण कोरियामा कार्यरत्  राजु राई र भानु राईले दक्षिण कोरियामा अभियान सञ्चालन गरी २१ हजार प्रदान गरेका छन् ।  पीसीआर परीक्षण प्रयोगशालाका लागी  उनीहरुले पाँच लाख संकलन गर्ने प्रतिवद्धता समेत जनाएका छन् ।

त्यस्तै मेची उद्योग वाणिज्य संघ र मेची भन्सार एजेन्ट संघले ५१ हजार ,विर्तामोड नपा –४ की मनीदेवी अग्रवालले २१ हजार रुपैयाँ प्रदान गरेको वताइएको छ ।
कार्यक्रममा ‘एकका लागि एक’ अभियानका संयोजक महेन्द्रकुमार गिरी, सह संयोजक विनोद बस्नेत, ‘एकका लागि एक’ अभियानका साझेदार संस्था बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई, ‘एकका लागि एक’ अभियानमा साझेदार संस्थाका प्रतिनिधिहरु मदनगोपाल सुब्बा, ओमकृष्ण बिमली, निर्मल भट्टराई हरि शर्मा, कुमारमणि पोखरेल, शिवकुमार कँडेल, गजेन्द्र पौडेल,  केशव भट्टराई,  सञ्जीव घिमिरेलगायतलाई दाताहरुले रकम प्रदान गरेका थिए ।
कार्यक्रममा मेची पेट्रोलियम डिलर्स एसोसिएसनका पूर्वअध्यक्ष प्रेम दाहाल , गोमेन्द्र महाविद्यालय कलेजका संस्थापक शिक्षासेवी गणेशप्रसाद खनालले  ‘एकका लागि एक’ अभियानको अगुवाईमा कोरोना संक्रमण परिक्षण गर्न जनस्तरवाट  झापामा   स्थापना हुने पीसीआर परीक्षण प्रयोगशालाका लागी उक्त रकम प्रदान गरिएको बताए ।

उनीहरुले पछिल्लो समय झापामा कोरोना संक्रमितको संख्या बढीरहेको अवस्थामा ‘एकका लागि एक’ अभियानको अगुवाईमा जनस्तरवाट  झापामै कोरोना भाइरस परीक्षण गर्ने पीसीआर परीक्षण प्रयोगशालाका स्थापना हुनु झापावासीकै लागी गौरवको विषय भएकाले यस्तो कार्यमा सवैको साथ र सहयोग हुनुपर्नेमा जोड दिए ।


कार्यक्रममा एकका लागि एक अभियानका संयोजक महेन्द्रकुमार गिरीले ‘एकका लागि एक’ अभियानको अगुवाईमा कोरोना संक्रमण परिक्षण गर्न जनस्तरवाट  झापाको कोटिहोमस्थित समर्पण राष्ट्रिय अभियानको कर्मयोग भवनमा पीसीआर परीक्षण प्रयोगशालाका स्थापना गरिने बताए । सरकार–समुदाय–सहकारीबीच साझेदारीको नमूनाको रुपमा साउन १ गतेबाट पीसीआर परीक्षण प्रयोगशाला सञ्चालन हुने गरी कार्य अघि वढाइएको र  सम्पूर्ण तयारी पूरा गरेर प्रदेश सरकारलाई पीसीआर परीक्षण प्रयोगशाला हस्तान्तरण गरिने उनले वताए ।

अन्तर्राष्ट्रिय झापाली समाज, सहकारी अभियान र कनकाई नगरपालिकाको संयुक्त लगानीमा एक करोड २० लाख रुपैयाँभन्दा बढीको लागतमा अत्याधुनिक पीसीआर पीसीआर परीक्षण प्रयोगशाला सञ्चालन हुने ‘एकका लागि एक’ अभियानका सह संयोजक विनोद बस्नेतले वताए ।

उनले ‘एकका लागि एक’ अभियानमा हालसम्म देश तथा विदेशका ७० संघसंस्था र १ हजार १ सय व्यक्तिबाट सहयोग प्राप्त भएको बताउँदै  पीसीआर परीक्षण प्रयोगशालाका लागि हालसम्म ९५ लाख रुपैयाँ जुटिसकेको बताए ।
कार्यक्रमको सहजीकरण पत्रकार महासंघ झापाका उपाध्यक्ष एकराज गिरीले गरेका थिए ।

 

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here