सुशासन र नेकपाको सरकार

१९ असार २०७७, शुक्रबार मा प्रकाशित

ओम आचार्य,

नेकपा एमालेमा हाल सिर्जित घटनाक्रमले जसरी प्रधानमन्त्री केपी ओलीको आफ्नै पार्टीभित्रबाट राजीनामा मागेर पार्टीभित्रको विवाद र द्वन्द्व अब उत्कर्षमा पुग्दै एमालेभित्रको यो विवाद अब अघोर रुपमा प्रकट हुनेछ । दुई अध्यक्ष केपी ओली र प्रचण्डको राजनीतिक पृष्ठभूमि समान जस्तै जस्तै छ र मुलुकको सर्वोच्च पद प्राप्त गरेका र गरिसकेका यी शीर्ष नेताहरुमा यस्तो प्रकारको विवाद र द्वन्द्वको सिलसिला चलिरहनु निश्चय पनि पार्टीका लागि र नेताहरुको व्यक्तिगत जीवनमा पनि आँच मात्रै आउँदैन कि त्यसले देशलाई पनि नोक्सानीमा पु¥याउँछ ।

कम्युनिष्ट पार्टीमा र त्यो पार्टीको नेतृत्वमा रहेको सरकारमा आफ्नै पार्टीबाट विपक्षी दलले गर्ने जस्तो व्यवहार गरेर सरकार नै असफल गराउने गरी गरिएको यस्तो प्रकारको वैचारिक द्वन्द्व र आरोप–प्रत्यारोपले देशको राजनीतिक भविष्यमा धेरैले संसय देख्दैछन् र भिन्दै राजनीतिक आंकलन गर्न थालेका छन् ।

विश्वमा विश्व राजनीतिमा जहाँ जुन राष्ट्रमा कम्युनिष्ट सरकारको नेतृत्व छ या थियो ती राष्ट्रमा मौजुदा सरकारको मौजुदा पार्टीको विपरीत जाँदा या फरक मत राख्दा घटिने या घटाइने घटना डरलाग्दो भएको तथ्य भए पनि नेपालमा रहेको कम्युनिष्टबाट यस्तो प्रपञ्च हुँदैन ? यसमा हामी विश्वस्त हुन सक्छौं ?

कृष्णबहादुर महरा र गोकर्ण बिष्ट यी दुबै राजनीतिज्ञ नेकपा एमालेका एकीकरण पूर्वका दुई पार्टीका दुई शीर्ष नेताका नजिकका व्यक्तिको राजनीतिक भविष्यमा प्रश्न यही द्वन्द्वकै कारणको रुपमा लिने गरेका छन् । र, अहिले दुई विचार र सिद्धान्त बोकेको दुई राजनीतिक पार्टीको एकीकरण या एकअर्कामा विलय जे भनौं यी दुई पार्टी अझै पनि आपसमा समाहित हुन सकेका छैनन् र यसैको परिणाम हो यो वर्तमान स्थिती ।

नेकपा नै सरकारमा, नेकपा नै प्रतिपक्षमा

जब नेकपाको सरकार बन्यो त्यो पनि पूर्ण बहुमतको शक्तिशाली सरकार अर्कोतिर नेपाली कांग्रेस प्रतिपक्षी । वैधानिक रुपमा प्रतिपक्षी नेपाली कांग्रेस हो र संविधानतः प्रतिपक्षको नेताले पाउनुपर्ने सुविधाहरु नेपाली कांग्रेसले भोग गर्दैछ । तर, त्यो प्रतिपक्षको भूमिका त्यसको सक्रियता नेकपाले नै गरिरहेको छ ।

नेकपाको वर्तमान राजनीतिको विकसित घटनाक्रमले अब नेकपा चीन र रुसको जस्तो कम्युनिस्ट चाहीँ होइनन् अहिलेको नेकपा पार्टीको नेतृत्वबाट सरकारको नेतृत्व लिएका प्रधानमन्त्री केपी ओलीलाई कसैको भय छ । डर छ भने आफ्नै पार्टीको र आफ्नै पार्टीको अर्का अध्यक्ष प्रचण्ड र माधवकुमार नेपाल लगायतका नेतृत्वबाट छ नेपाली कांग्रेससँग छैन ।

गणतन्त्र स्थापना पछिको असफल सरकार

केपी ओलीको प्रधानमन्त्रित्व सरकारको निर्माण भएदेखि नै यो नेतृत्वको सरकारलाई अधिनायकवाद लादेको÷आरोप लाग्दै आएको, भ्रष्टाचार चरम पुगेको, भ्रष्टाचारको विरुद्धमा सडकमा जुलुस र नारा नै लगाएर विरोध गरेको सम्भवतः गणतान्त्रिक सरकारमा यही सरकारमा हो, विचार र अभिव्यक्तिको स्वतन्त्रतामा अंकुश लाउन प्रयत्न गरेको, एमसीसीको विषयमा वर्तमान सरकारलाई राष्ट्रघातको आरोप लागेको, हत्या, बलात्कार र कोरोनाको उपचार र रोकथाममा असफल हुँदै गएको र १० अर्बको हिसाब खोजेको यी सबै आरोप वर्तमान सरकारलाई लागेको छ ।

यी सबैको विरुद्धमा ओली सरकारलाई कसैले चोर औला देखाएको छ भने त्यो नेकपा पार्टीबाटै दरोसँग देखाइएको छ । ओली सरकारले धेरै पटक धेरै विधेयक ल्याउने जमर्को ग¥यो र कति त विधेयक टेबुलसम्म पनि गरे अन्ततः नेपाली कांग्रेस र आफ्नै पार्टीका सहकर्मी नेताहरुको विरोधका करण फिर्ता लिनु प¥यो । गणितीय हिसाबले ओली सरकार शक्तिशाली भए पनि यी मुद्दामा ओली सरकार निरीह र कमजोर देखिएको छ र यसमा प्रमुख कारक नेकपा नै देखिएको छ ।

सुशासन र नेकपा सरकार

प्रजातन्त्रको लागी सुशासनको ठूलो महत्व छ र यो सुशासन भए जनतामा प्रजातन्त्रमा आस्था विश्वास र निष्ठा बढेर आउँछ । जनतालाई सरकारमा मै छु र यो सरकार मेरो हो भन्ने भाव जागृत हुनुपर्छ । सरकारमा बसेका र यसको नेतृत्व लिएकाहरुले जनतासँग गरेका वाचाहरु बिर्सनु हँुदैन र सरकार नीति र कार्यक्रम जनतासम्म पु¥याउने सरकारी संयन्त्रले मालिक होइन सेवकको भावना बनाउन सके सुशासन दिन सक्छ । सरकार पारदर्शी हुन सक्नुपर्छ । सूचना सम्प्रेषण गर्ने सञ्चार क्षेत्रलाई नै अंकुश लाउन उद्दत हुनुहुँदैन जस्तो अहिले भइरहेको छ । भ्रष्टाचार हुनुहँुदैन, नियम कानून र संविधानको उल्लंघन हुनुहुँदैन ।

अहिलेको सरकार यी सबै माथिका विकृतिका कुरामा अग्रसर छ । सुशासनको अनुभूति दिन संकेको छैन र यही विद्यमान अवस्था रहे नेकपाको भविष्य नदेख्ने नेकपाभित्र कै पार्टीपंक्तिकाले सुशासन कै लागि प्रजातन्त्र र संविधानको रक्षाको लागि ओलीविरुद्ध उभिएका हुन् । सुशासन प्रजातन्त्रको लागि अपरिहार्य हो र सुशासनविरुद्धको सरकार सही मार्गमा ल्याउने काम नेपाली कांग्रेसको हो जुन आफै प्रतिपक्षको भूमिकामा रहे पनि त्यो भूमिका निर्वाह गर्न सकेको छैन । अहिले नेकपामा सृजित परिस्थिति र त्यो परिस्थितिले उब्जाएको द्वन्द्वमा दृश्य अदृश्यमा को–को छन्भन्दा पनि यसको अवतरण नायक नारायणकाजी श्रेष्ठ हुनेछन् आखिर पार्टी प्रवक्ता जो हुन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here