पोखरीमा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु

१९ असार २०७७, शुक्रबार मा प्रकाशित

मोरङ।

मोरङको जहदा गाउँपालिका–३ का १८ बर्षीय दिनेश राजवंशी र २० बर्षीय रिक्की राजवंशीको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ ।

आज दिउँसो साँढे १ बजे स्थानीय ब्रहमदेव राजवंशीको पोखरीमा पौडी खेल्न गएका दुबै जना मध्ये रिक्कीको पोखरीमा नै मृत्यु भएको तथा दिनेशलाई स्थानीयले उद्धार गरी उपचारका लागि कोशी अस्पताल बिराटनगर लगेकोमा उपचारमा संग्लग्न डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here