रोङमा १ सय ३४ को स्वाव संकलन

0
1045

गणेशअर्याल / इलाम,

छिमेकी पालिकामा कोरना समुदायमा फैलिएको सूचना पाए सगै इलामको रोङ गाउपालिकामा स्वाव संकलन कार्यलाइ तिब्र बनाइएको छ ।

सोमबार एकैदिन गाउपालिकाको बिभिन्न ४ स्थानमा बुथ बनाएर १ सय ३४ जनाको स्वाब संकलन गरी परीक्षणको लागि पठाइएको छ । जोरकलश क्षेत्रबाट ४१ जनाको र कुटिडाँडा क्षेत्रबाट ३० जनाको स्वाव संकलन गरी परीक्षणको लागि पठाइएको छ । जोरकलश क्षेत्रबाट गाउपालिका अध्यक्ष उपाध्यक्ष प्रमुख प्रशासकीय अधिकृत सहितको पनि स्वाब संकलन गरिएको रोङ गाउपालिका स्वास्थ्य साखाका सह—सम्योजक एव स्वास्थ्य कर्मी युवराज काफ्लेले बताए ।

त्यसैगरी सलकपुरमा ३० जनाको र बरफल्याङ क्षेत्रबाट ३३ जनाको स्वाव संकलन गरिएको छ । संकलित सबै स्वाव परिक्षणको लागि बिराटनगर पठाइएको रोङ गाउपालिका स्वास्थ्य साखाका सह सम्योजक एव स्वास्थ्य कर्मी काफ्लेले बताए । रोङ २ मा भएको संकलनमा सम्भाबित जोखिमका मानिसहरुको स्वाव संकलन गरिएको वडाअध्यक्ष टेकबहादुर तामाङले बताए ।

यस अघि झापा अर्जुन धारामा एक जना मा कोरना पोजेटिभ देखिएको र उनीसग घुलमिल भएका भनिएकाहरुलाइ प्राथमिकता दिएर स्वाव सकलन भएको वडाध्यक्ष तामाङको भनाइ छ ।झापाको अर्जुनधारामा समुदाय स्तरमा कोरनाको बिरामीको संख्या थपिए सगै इलामको रोङ गाउपालिकामा जोखिम बढेको भन्दै आइतबार रोङ गाउपालिकाले स्वाव संकलन गर्ने निर्णय गरेको थियो ।

सम्भाबित जोखिमलाइ ध्यानमा राखी गाउपालिकाले स्वास्थ्य सामाग्री खरिद गर्ने निर्णय गरिसकेको छ । यस अघि रोङ गाउपालिकामा एक जनालाइ कोरना पोजेटिभ देखिएको भएपनि उपचार पछि कोरना मुक्तभइ उनी घर फर्कीसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here