चाडपर्वमा मौका छोपी बैङ्क अगाडिनै भारुको अबैध कारोवार

0
537

g
खगेन्द्र घिमिरे
काकरभिटा असोज २१ । चाडपर्वको मुख्य समय यतिवेला पूर्वी नेपालको मुख्य नाका काँकरभिट्टा भारतीय नोटको खुलेआम कारोबारहुने ठाउँका रुपमा बिकशित हुँदै गईरहेको छ । यो समय नेपालबाट नजिकैको भारतिय बजार सम्म पुगेर सामन किन्नेहरुको भिड बढेसगै यो ब्यापार फस्टाउदै गएको छ ।  केटाकेटीदेखि बुढाबुढीसम्म, मनिचेन्जरदेखि पान दोकानसम्म देखिने भारु÷नेरु साटसाटको कारोबार हेर्दा कुनै बैङ्क भन्दा कम देखिदैन पूर्वी काकरभिटा क्षेत्र ।
, बैङ्कहरुले सम्बन्धित निकायबाट पूर्वस्वीकृति लिएर ब्यवस्थित आर्थिक कारोबार गर्छन् भने काकरभिट्टाका पैसा ब्यापारीहरु बिना इजाजत फुटपातदेखि सार्वजनिक शौचालयसम्म आफ्नो कारोबार निर्वाध रुपमा सञ्चालन गर्छन् ।
त्याहाको दृष्य हेर्दा जो कोहीपनि जीवनमा पहिलोपटक काकरभिट्टा पुग्छ भने सबैको हात, पोल्टा, व्यागमा पैसा देखेर काकरभिट्टा पैसाबलाको ठाउ रहेछ भन्ने विवस हुन्छ । किनकी अन्य ठाउँमा गुणस्तर, टिकाउ र बनौटको आधारमा निधारित मूल्यमा बस्तु÷सामान पैसाले किनिन्छ र उपयोग पनि गरिन्छ तर काकरभिटटामा भने सिधा पैसाले पैसा नै किनबेच हुदै आएको छ भन्न हिचकिचाउनु पर्दैन ।
सरकारले नेपालमा भरतीय पाचसय र हजारदरका नोटहरुको कारोबारमा पुर्णतया बन्देज लगाएको भएता पनि प्रशासन तथा सरकारी बैंककै अगाडि यसरी खुलेआम भारु÷नेरुको कारोबार भएको देख्दा कानूनको धज्जी उडाएको मात्र होइन, राज्यविहिनताको भान हुन्छ जो कोहीलाई पनि ।
कुनै पनि काम विषेशले यदी तपाई झापाको पूर्वीद्धार काकरभिटटा पुग्नुभयो भने सवारीबाट ओर्लीदा होस् या शौच गर्न शौचालयमा जादा होस् तपाईका अघिपछि भारु÷नेरुको कारोबारीको भिड लाग्छ र तपाईलाई प्रश्न सोधिन्छ दाई, भाई आन्टी, अंकल तपाईलाई भारु चाहिएको हो? । भारु भए नेरु, नेरु भए भारु साटिदिन्छौ ।
भारतीय ५ सय र एक हजारको नोट नक्कली पाएपछि सर्वसाधारण नेपाली ठगिने क्रम बढेसँगै नेपाल सरकारले भारतीय ५ सय र एकहजारको नोट कारोबारमा प्रतिबन्ध लगाएको भएतापनि त्यस सम्बन्धी कानून कार्यान्वयन गर्ने सम्बन्धित पक्ष आफ्नो अनूकुलमात्र काम गर्दा यसको कारोबार दिनप्रतिदिन फस्टाउदै गएको बुझिन्छ । काकरभिटामा फैलिएको अवैधानिक भारतिय पैसाको कारोव ागर्ने ठुलो गिरोह सकृया रहेको बिशेष सोत्रको भनाई रहेको छ । नेपालमा पैशा लुकाएर भारतको सिलीगुढीबाटै भारतीय पैसासँग नेपाली पैसाको किनबेच हुने गरेको छ ।
जसको ज्वलन्त उदाहरण केहीदिन अघिमात्र काकरभिटटास्थित शसस्त्र सीमा सुरक्षा बल बेस क्यामको शसस्त्र प्रहरीको टोलीले भारतको आसामीबाट ठूलो परिमाणमा भारतीय ५ सय र एक हजारको नोट बरामदले पुष्टी गर्छ ।
जहासुकै होस्, सीमा क्षेत्र त्यसमापनि नेपाल भारत खुल्लाका कारण नेपाल तथा भारतबाट दिनहु हजारौंको संख्यामा आगमन हुने विदेशीले बुझ्ने भाषामा प्रतिबन्ध उल्लेखित गरेको कही कतै सूचना नहुनुले विदेशीहरु त्यसको प्रत्यक्ष मारमा पर्ने गरेका छन् ।
काकरभिटटाका गेटदेखि एकसय मिटर पश्चिममा रहेको नेपाल बैंकको सटही काउण्टरबाट सर्वसाधरणलाई भारुको सेवा प्रवाह गर्दै आएपनि बैंककै ढोका अगाडि पोलेथिनको झोलाबँट भारु कारोबँर गर्नेहरु फस्टाउँदा सम्बन्धित निकाय भने मौन रहनु भारु सटहीमा समेत भ्रष्टचारको परकाष्ट नमुना देख्न पाइन्छ ।
परिश्रम नै नगरी सुखी भएर अर्थ आर्ज गर्ने पैसाको कारोबार भएको बुझेपछि त्यहाका सर्वसाधारण अन्य व्यापार व्यवसाय नै छाडेर सो क्षेत्रमा १ सयबढी संख्यामा पैसाको कारोबारमा लागेका छन् । भने सटही गर्दा लिइने सेवा शुल्कभन्दा १० औं गुणाबढी सेवा शुल्क भन्दै सर्वसाधारणबँट अशुल्दै आएका छन् ।
एक हजार भारुलाई नेरु वा नेरुलाई भारु सटही गर्दा राष्ट्र बैंकले सेवा शुल्क वापत तीन रुपैया लिइदै आएको छ, तर बैंककै गेट अगाडि पोलेथिनको झोलामा पैसाको कालो कारोवार गर्नेहरुले सर्वसाधारणको अवस्था हेरेर एक हजार भारु बनाउन ३० देखि ७० रुपौयाँसम्म लिने गरेका छन् । यता नेपाल बैङ काकरभिटाका शाखा प्रमुख सशि कर्ण अनुसार काकरभिटामा लाखौ रुपैया भारुको आवश्यकता छ तर त्यो पुरा गर्न बैङ सग सामर्थ नरहेको बताउछन भने भारु लाई उपयोगका रुपमा होइन बैङले दिएको सुबिधाको रुपमा हेर्न पनि अनुरोध गरेका छन ।
विषेश गरेर खुल्ला सीमा क्षेत्रका कारण दैनिक अत्याआवश्यक सामाग्री खरिदका लागि होस् या दुखविराम पर्दा होस् सामाग्री र उपचारका लागि भारतीय बजार पुग्ने लक्ष्य बोकेर हिड्का सर्वसाधारणलाई भारतमा नेपाली नोट नचल्ने भएकाले भारु रकम साट्न पाइने हो, की होइन भन्ने चिन्ताले सताउने गर्छ ।
झन् राष्ट्र बैंक बाहेक सरकारको दायरामा उभिएर भारु तथा नेरुसटहीको कारोबार गर्ने स्थानीय मनी चेन्जरले त एक हजार रुपैयाँ भारु बनाउन पर्यो भने एउटा ५ सयको नोट दिएरै पठाउछ ।
एकसय रुपैयाँ भ्ँँरु बनाउन फुर्सदमा ४ रुपैयाँ र हतारमा तीन रुपैयाँ नै असुल्दै आएको मनी चेन्जरपनि सरकारको निर्णय मान्न तयार देखिएको छैन् भन्ने ५ सय र १ हजारको नोटको खुलेआम कारोबार भईरहेको पाईन्छ ।
काकररभिटटामा मात्रै लगभग एक दर्जन मनी चेञ्जर सञ्चालित छन् तर सञ्चालनमा आएका मनी चेञ्जर राष्ट्र बैंकका कर्मचारीकै धेरै भएको सर्वसाधारणको आरोप छ ।
आफू बैंकको कमचारी मनी चेञ्जरमा श्रीमति र छोराछोरी तथा आफन्तले सञ्चालन गर्दै आएकोमा सर्वसाधारणका लागि राष्ट्र बैंकले प्रत्येक दिन छुट्याउदै आएको भारु रकममध्ये केही रकम मनी चेञ्जर सञ्चालन बैंक कर्मचारीले लाने गर्दा भारत नपुगी नहुने सर्वसाधारणले अवैध कारोबारीसँग भारु साट्न बाध्य बन्ने गरेको सर्वसाधारणको भनाई छ ।