पेट्रोलियम पदार्थ बोकेको ट्यांकर त्रिशुलीमा खस्यो

४ आश्विन २०७७, आईतवार मा प्रकाशित

धादिङ।

पृथ्वीराजमार्ग अन्तरर्गत धादिङ गल्छी गाउँपालिका–६ मा पेट्रोलियम पदार्थ बोकेको ट्यांकर त्रिशुलीमा खसेको छ।

शनिबार राति नदीमा खसेको अनुमान गरिएको उक्त ट्यांकरमा अहिले पनि आगो बलिरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

ट्यांकरको नम्बर खुल्न नसकेको र त्यसमा रहेका चालक, सह–चालकको अवस्थासमेत अवस्था थाहा नभएको प्रहरीको भनाई छ ।

अफ्ठारो स्थान भएकोले उद्दारकार्य हुन नसकेको र गोताखोरको टोलीलाई जानकारी गराइएको बताइएको छ । थप विवरण आउन बाँकी ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here