२०७७ असोज ४ गते आइतबारको राशिफल

३ आश्विन २०७७, शनिबार मा प्रकाशित

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

साथीभाइसँग भेट हुँदा मन प्रसन्न रहनेछ । व्यापार व्यवसायमा प्रसस्त लाभ मिल्नेछ । पारिवारिक सम्बन्धमा सुधार आउनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

टाढाको यात्रा गर्ने मौका छ । दिगो फाइदा हुने काममा लगानी बढाउन सकिनेछ । पति–पत्नीबीच घर सल्लाह भने नमिल्न सक्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

व्यापार व्यवसायमा प्रशस्त फाइदा हुने योग रहेको छ । दाम, नाम, इनाम हातपर्ने बेला छ । श्रमको उचित मूल्यांकन हुनेछ । पढाइमा पनि प्रगति हुने समय छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

सोचेकोभन्दा आम्दानी बढ्ने देखिन्छ । परिवारको सहयोग मिल्नेछ । नयाँ ज्ञान प्राप्त हुने योग छ । व्यापार व्यवसायबाट लाभ मिल्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

नयाँ काम गर्ने अवसर मिल्नेछ । सामाजिक मानसम्मान र प्रतिष्ठा बढ्नेछ । जागिरमा पदोन्नति हुनेछ । राजनीतिमा आफ्नो वर्चस्व बढाउन सकिनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

परोपकारी काममा रुची बढ्नेछ । सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

सहयोगीहरूले काममा साथ दिनेछन । आँटेका काम पनि सजिलै बन्नेछन् । कामका लागि गरिएको भ्रमणमा समय मात्र बित्नेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

व्यापार व्यवसायबाट प्रसस्त लाभ मिल्नेछ । आर्थिक लाभ नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ला । पढाइ लेखाइमा प्रगति हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

रोकिएका अधुरा कामहरु सुचारु हुनेछन् । धेरैले तपाईंका कामको तारिफ गर्नेछन । लामो समयपछि साथीभाइसँग भेट हुँदा मन प्रसन्न रहनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

समाजमा मानसम्मान र प्रतिष्ठा कमाउने बेला छ । धार्मिक काममा व्यस्त रहनुपर्नेछ । रमाइलोमा समय बित्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

सुख–दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । आफन्तको सहयोगले महत्वपूर्ण कामहरु सफल हुनेछन् । परिवारजनको साथले नयाँ आशा पलाउनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

सोचेको आटेको कामहरु बन्नेछन् । व्यवसायमा थप लगानी बढाउन सकिनेछ । वैदेशिक कामकाजमा फाइदा होला ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here