पूर्वाञ्चल दैनिकका अध्यक्ष टोरुप प्रसाईलाई पितृ शोक

२३ आश्विन २०७७, शुक्रबार मा प्रकाशित

बिर्तामोड ।

श्रीअन्तु प्रकाशन प्रालि एवम् पूर्वाञ्चल दैनिकका अध्यक्ष टोरुप प्रसाईलाई पितृ शोक परेको छ । झापाका पुराना कांग्रेस नेता तथा समाजसेवी रामबाबु प्रसाई (खनुपरुदे) को आज ९९ वर्षको उमेरमा निधन भएको छ ।

राजनीतिज्ञ तथा कृष्णप्रसाद भट्टराईकालीन नेपाली कांग्रेसका केन्द्रीय कोषाध्यक्ष प्रसाईं अस्वस्थ भई अस्पताल भर्ना भएका थिए । चावहिलस्थित ओम अस्पतालको आकस्मिक उपचार कक्षमा उनको उपचार भइरहेको अवस्थामा निधन भएको छोरा टोरुप प्रसाईले जानकारी दिए ।

श्वासप्रश्वास सम्बन्धी समस्या भएपछि उनलाई अस्पताल लगिएको थियो । चिकित्सकले उनको स्वास्थ्य अवस्था चिन्ताजनक नरहेको बताए पनि उनलाई बचाउन नसकेको बताइएको छ ।

वि.सं. १९७८ साल पुसमा जन्मिएका प्रसाई सत्यवादी, दृड संकल्प भएका र निष्ठा पूर्वक जीवन बाँचेका सामाजिक अभियान्ता थिए । नेपाली साहित्यको कविता विधामा समेत कलम चलाएका प्रसाई प्राकृतिक चिकित्सा विज्ञान विषयमा समेत विज्ञ थिए । कानुनका समेत विद्यार्थी रहेका प्रसाईले बिर्तामोडलाई शहरको रुपमा विकास गर्न महत्वपूर्ण योग्दान दिएका थिए ।

बिर्तामोडको हालको देवी मावि र कृषिथोक बजारका जग्गादाता समेत रहेका प्रसाई पछिल्लो समय काठमाण्डौंमा बस्दै आएका थिए । प्रसाईकी श्रीमती, छोराहरु टोरुप, डुजुप र गिसुप छन् । उनका दुई छोरी पनिखम र खेचिम रहेका छन् ।

प्रसाईको निधन प्रति पूर्वाञ्चल दैनिक परिवारले भावपूर्ण श्रृद्धाञ्जली अपर्ण गरेको छ । पूवौञ्चल दैनिकले शोकाकुल परिवारजन प्रति धैर्य धारणा गर्ने शक्ति प्राप्त होस् भनि समवेदना ब्यक्त गरेको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here